आफ्नै भवनबाट ‘गाम्चा’को सेवा शुरु

आफ्नै भवनबाट ‘गाम्चा’को सेवा शुरु


गाम्चा बचत तथा ऋण सहकारी संस्थाले आफ्नैै भवनबाट कारोबार शुभारम्भ गरेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर–४ गाम्चास्थित नवनिर्मित बहुआयामिक भवनबाट कारोबार शुभारम्भ गरेको संस्थाका अध्यक्ष विकास खड्काले जानकारी गराएका छन् ।

संस्था स्थापनाको १२औँ वर्ष प्रवेशसँगै आफ्नै स्वामित्वमा रहेको बहुआयामिक भवनबाट संस्थाले औपचारिक रुपमा सेवा दिन थालेको हो ।

सो संस्थाले १८ महिनामा भवनको निर्माण गरी त्यहीँबाट सेवा प्रदान गर्न थालेको छ । कुल ६ करोडको लगानीमा निर्मित उक्त भवनमा अधिकाधिक सुविधा र सुरक्षाको व्यवस्था गरिएको बताइएको छ ।

सहकारीको नवनिर्मित बहुआयामिक भवन निर्माणले गर्दा उक्त क्षेत्रका वासिन्दाका लागि विभिन्न कार्यक्रम आयोजना गर्न सुविधा हुने अध्यक्ष संस्थाका अध्यक्ष खड्काले बताए । भवनमा १ सय ५० जना क्षमताको अत्याधुनिक हल छ, जसमा विभिन्न समारोहको आयोजना गर्न सकिन्छ ।

संस्थाले गत आर्थिक वर्षमा २ करोड २५ लाख शेयर पुँजी, १२ करोड बचत संकलन, सोही अनुपातमा ऋण लगानी, ३ हजार शेयर सदस्यका साथै २३ करोड कुल पूँजी पऱ्याएको अध्यक्ष खड्काले जानकारी दिए ।