बामदेवलाई ‘रोक्न’ रिट !

बामदेवलाई ‘रोक्न’ रिट !


राष्ट्रियसभा सदस्यमा मनोनित भई सत्तारुढ दल नेकपाका उपाध्यक्ष बामदेव गौतमले मन्त्री बन्ने सार्वजनिक अभिव्यक्ति दिइरहेकै बेला उनलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय नै असंवैधानिक भन्दै सो निर्णय बदर गर्न रिट दर्ता गरिएको छ ।

गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको हो ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ोमबार (५ असोज) दायर गरेको रिट निवेदनमा नेता गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने राष्ट्रपति कार्यालयले गत भदौ २९ गरेको निर्णय बदर गर्न माग गरिएको छ ।

नेता गौतमलाई राष्ट्रियसभामा गरिएको मनोनयन असंवैधानिक भएको उल्लेख गर्दै सांसदका रुपमा कार्य गर्न नदिन र मन्त्रिमण्डलमा लैजाने कार्य रोक्ने अन्तरिम आदेशको माग अधिवक्ता त्रिपाठीको रिट निवेदनमा गरिएको छ ।

अदालतले निवदेनमाथि प्रारम्भिक सुनुवाई यही असोज ७ गते गर्ने तय गरेको छ ।