८ कार्तिक २०७७, शनिबार

काठमाडौं उपत्यकाको अनलाइन शिक्षा शुःल्कमा एकरूपता बनाउने प्रयास

  प्रकाशित मिति
४ आश्विन २०७७, आईतवार १७:०६


काठमाडौं उपत्यकामा अनलाइन शिक्षा शुःल्कमा एकरूपता बनाउने प्रयास थालिएको छ ।

सरकारले जारी गरेको निर्देशिकाले स्थानीय तहलाई दिएको जिम्मेवारीअनुसार उपत्यका नगरपालिका फोरमले शुःल्कको एकरूपता बनाउन छलफल थालेको हो ।

फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले शिक्षा शुःल्कको विषयमा विभिन्न नगर र महानगरपालिकाका प्रमुख एवं उपप्रमुखसँग छलफल शुरु गरेको जानकारी दिएका छन् ।

केही दिन अनलाइन माध्यम वा भौतिक दूरी कायम गरेर प्रत्यक्ष भेटघाट गरी छलफल शुरु गरिएको र सबैको रायका आधारमा फोरमले शुःल्क निर्धारणका लागि आवश्यक निर्णय गरेर सरकारलाई सिफारिस गर्ने उनले बताए ।

यस्तै, दिनदिनै बढ्दो क्रममा रहेको कोभिड–१९ ले उपत्यकालाई नराम्ररी प्रभावित बनाइरहेको सन्दर्भमा त्यसको नियन्त्रणका उपायबारे समेत छलफल जारी रहेको फोरमले जनाएको छ ।

सार्वजनिक सवारी साधानलाई तत्कालै सञ्चालन गर्न नहुने पक्षमा फोरम रहेको थियो । उपत्यकाका नगरपालिकाले तत्काल खुलाउन नहुने भन्दै सरकारलाई सुझाव समेत दिएको तर सरकारले असोज १ गतेबाटै सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएपछि उपत्यकामा थप जोखिम बढेको फोरमको जिकिर छ ।

पछिल्लो समयमा मुलुकभर देखिएको सङ्क्रमितमध्ये आधा उपत्यकाका छन् । यसअघि फोरमको सक्रियतामा उपत्यकाको समुदायमा सङ्क्रमण दर कस्तो छ भनेर अध्ययन भएको थियो । झण्डै ४० हजारको परीक्षण गर्दा करिब ७ हजार मानिस पोजेटिभ देखिएकाले अझै समुदायमा भने पुगिनसकेको निष्कर्ष निकालिएको थियो ।

फोरमले २८ हजार परीक्षण गर्ने लक्ष्य राखेको थियो । त्यसमा १० हजार सङ्क्रमित देखिएमा समुदायमा प्रवेश गरेको निष्कर्ष निकाली नियन्त्रणका आवश्यक योजना निर्माण गर्ने तयारीका साथ गरिएको परीक्षणको नतिजाले अनुमान गरिए भन्दा न्युन सङ्क्रमित भेटिएका थिए । अहिले सार्वजनिक सवारी सञ्चालन भएपछि भने जोखिम बढेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विगतमा दशैं आएसँगै सखिया नृत्यले कञ्चनपुरका थारु गाउँमा छुट्टै रौनक ल्याउँथ्यो । तर, यो वर्ष गाउँमा सखियाको मादल बज्न छोडेपछि

डा. बाबुराम भट्टराई कोरोना भाइरसबाट संक्रमित भएका छन् । ७ कात्तिकमा परीक्षणको लागि दिइएको स्वाबको नतिजा आज पोजेटिभ आएको उनले

यस वर्ष सञ्चालित ‘ग्लोबल इ-कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ मा नेपालले दुईवटा ‘अनरेबल मेन्सन अवार्ड’ जितेको छ । नेपालका लागि

बलात्कार प्रयास गरेका आरोपमा सप्तरीको महदेवा गाउँपालिका–३ बलिया बथनाहाका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीद्वारा नियन्त्रणमा लिइएका अभियुक्तहरु