जापानमा बक्सिङ्ग खेलाडी मोहन र अविरलको अभिनन्दन

जापानमा बक्सिङ्ग खेलाडी मोहन र अविरलको अभिनन्दन


प्रतिनिधि, नागोया (जापान)

जापानको नागोया शहरमा नेपाली बक्सिङ्ग खेलाडीहरु मोहन महर्ज र अविरल घिमिरेको विषेश कार्यक्रमसहित अभिनन्दन गरिएको छ । एनआरएनए क्षेत्रिय समिति, नागोयाले आयोजना गरेको उक्त कार्यकममा खेलाडीहरुलाई नगदसहित सम्मानपत्र तथा दोसल्लाले सम्मान गरिएको थियो ।

नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै जापानमा भएका राष्ट्रिय एवं अन्तरराष्ट्रिय किक बक्सिङ्ग खेलहरुमा निरन्तर सफलता हासिल गरेकोमा उहाँहरुको मेहेनत र लगनशीलताको उच्च मूल्याङ्‌कन गर्दै सम्मान कार्यक्रम आयोजना गरिएको एनआरएनए क्षेत्रिय समिति, नागोयाका सचिव योमन देवानले बताए । सम्मान कार्यक्रममा किक बक्सिङ्ग खेलाडी अभिरल घिमिरेले यस्तो किसिमको सम्मान कार्यक्रमले आफुमा अझै बढि हौसला बढ्ने धारणा व्यक्त गरे।

अर्का खेलाडी मोहन मर्हजन भने विषेश कारण उपस्थित नभएकाले किक बक्सिङ्ग प्रशिक्षक तथा अविरल घिमिरेका बुवा देव घिमिरेमार्फत प्रमाणपत्र प्रदान गरिएको थियो।

राष्ट्रिय गानबाट शुरु गरिएको उक्त कार्यक्रम खेलाडी अविरल घिमिरे तथा एनआरएनए आईसिसि मानार्थ सदस्य डिलाराम खरेलको विषेश अतिथ्य र एनआरएनए एशिया प्यासिफिक उप( संयोजक पारशमणि पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, जापान शाखाका सल्लाहकार तथा चितवन समाज जापानका सचिव कविकिरण न्यौपाने, एनआरएनए क्षेत्रिय समिति, नागोयाकी उपसंयोजक सीता कोइराला, एनआरएनए आईसीसी पूर्व सदस्य केशर गिरी, आईसीसी मानार्थ सदस्य डिलाराम खरेल, किक बक्सिङ्ग प्रशिक्षक तथा अविरलका बुबा देव घिमीरे, एनआरएनए एसिया प्यासिफिक उपसंयोजक पारशमणि पोखरेललगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रम एनआरएनए क्षेत्रिय समिति नागोयाका संयोजक श्याम शितलको अध्यक्षतामा सम्पन्न भएको थियो।