८ कार्तिक २०७७, शनिबार

बेलायतमा कोभिड-१९ को नियम तोड्नेलाई १० हजार पाउण्डसम्म जरिवाना

  प्रकाशित मिति
४ आश्विन २०७७, आईतवार १२:०५


कोरोना सङ्क्रमितको सङ्ख्या लगातार वृद्धि हुन थालेपछि बेलायती सरकारले यससम्बन्धी कडा नियम लागू गर्ने भएको छ । नयाँ व्यवस्थाअनुसार ‘सेल्फ आइसोलेसन’को आदेशलाई तोड्ने आफ्ना नागरिकलाई बेलायती सरकारले १० हजार पाउन्ड (झण्डै १५ लाख नेपाली रूपैँया) सम्म जरिवाना गर्ने बताइएको छ ।

बेलायतमा शनिबार मात्र करिब चार हजार ५०० नयाँ सङ्क्रमित भेटिएका थिए भने २७ जनाको मृत्यु भएको थियो । पछिल्ला केही हप्ताको अवधिमा सङ्क्रमितको सङ्ख्या दोब्बरले बढ्ने गरेको सरकारी तथ्याङ्कले देखाएको एएफपीले जनाएको छ ।

सेप्टेम्बर २८ तारिखयता कोरोना सङ्क्रमित व्यक्ति र सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिहरु ‘सेल्फ आइसोलेसन’मा बस्नुपर्ने व्यवस्था गरिएको हो । सरकारले कम आय श्रोत भएकालाई ५०० पाउण्डको आर्थिक सहयोग दिने पनि जनाइएको छ ।

नयाँ व्यवस्था अनुसार सेल्फ आइसोलेशनमा बस्न अस्वीकार गर्नेले न्यूनतम एक हजार पाउन्ड जरिवाना तिर्नुपर्नेछ । पटक पटक यो नियम उल्लङ्घन गर्नेका लागि यो जरिवाना १० हजार पाउन्ड सम्म पुऱ्याइएको हो । यसअघि सेल्फ आइसोलेसनलाई एक निर्देशनका रुपमा मात्रै लागू गरिएको थियो ।

इङ्गल्याण्डका लागि नयाँ नियमहरू घोषणा गर्दै प्रधानमन्त्री जोनसनले भाइरससँग लड्ने सबैभन्दा उत्तम उपाय भएकोले सबैले नियमको पालना गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री जोनसनले भनेका छन्, ‘नियम मान्न कति महत्वपूर्ण छ भन्ने विषयलाई कसैले पनि कम आँक्न हुँदैन, नयाँ नियमहरूको अर्थ तपाईंलाई राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)ले परीक्षण वा सङ्क्रमितको निकट रहेको भनेको छ भने तपाईं नियम मान्न कानुनी रूपमा बाँधिनु भएको छ भन्ने हो ।’

नियम मान्न बेवास्ता गर्नेहरूले उल्लेख्य जरिबानाको सामना गर्नुपर्ने पनि उनले बताएका छन् ।

जोखिममा रहेका मानिसलाई सङ्क्रमण हुनबाट जोगाउन, एनएचएसको रक्षा गर्न र जीवन बचाउनका लागि भाइरस नियन्त्रणका लागि गर्न सकिने जति सबै कुरा गर्नुपर्ने प्रधानमन्त्रीको धारणा छ ।

बेलायतको खासगरी इङ्ल्याण्ड क्षेत्रमा महामारीको अवस्थामा कमी आएको बताउँदै सरकारले गत महिनादेखि महामारी नियन्त्रणका उपायलाई हदैसम्म खुकुलो पारिएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

■ कौशिक नवराज अहिले चर्चामा रहेको शब्द हो क्लिनफिड । नेपालमा २०७४ मा ल्याएर पनि कार्यन्वयन हुन नसकेको तर हाल

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९ को समस्या थप बढ्ने चेतावनी दिएका छन् । उनले

अमेरिकामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन खुकुलो हुँदै गएको, चुनावी गतिविधिहरु बढेको, भिडभाड धेरै

■ लामिछाने मातृका गोलागानो भन्नाले भुँडीमा हाइड्रोक्लोरिक अम्लको उत्पादन र उपयोगितामा हुने असन्तुलनबाट आमासयको भित्तामा रहेका कोषहरूको सुजनलाई जनाउँदछ ।