ट्रकको ठक्करबाट बालिकाको मृत्यु

ट्रकको ठक्करबाट बालिकाको मृत्यु


विकास रौनियार, धादिङ

धादिङको थाक्रे गाउँपालिका ६ स्थित पृथ्वी राजमार्गको महादेवबेसी बजारमा ट्रकको ठक्करबाट आइतबार एक बालिकाको मृत्यु भएको छ ।

करिव ३ वर्षीया संचिता कार्कीको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

प्रहरीले दिएको जानकारीअनुसार काठमाडौबाट गजुरीतर्फ आउँदै गरेको ना. ३ ख ५१८३ नम्बरको ट्रकले पृथ्वी राजमार्ग अन्तर्गत महादेवबेशीमा ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।