कांग्रेस महामन्त्री कोइराला डिस्चार्ज

कांग्रेस महामन्त्री कोइराला डिस्चार्ज


नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला चाबहिलस्थित ओम अस्पतालबाट डिस्चार्ज भएका छन् ।

गत मङ्गलबार कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण देखिएपछि अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।

बिहीबार महामन्त्री डा. कोइरालाले भिडियो सन्देश जारी गर्दै आफू दुई तीन दिनमा नै अस्पतालबाट डिस्चार्ज हुने बताएका थिए । कोभिड–१९ को सङ्क्रमण देखिएपछि केही दिन होम आइसोलेसनमा बसेका महामन्त्री कोइरालामा ज्वरो र निमोनिया देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

डिस्चार्जपछि सामाजिक सञ्जालमा आफ्नो स्वास्थ्यस्थितिमा क्रमिक सुधार आएपछि डिस्चार्ज भएको महामन्त्री डा. कोइरालाले उल्लेख गरेका छन्् । चिकित्सकको सल्लाहअनुसार अझै केही दिन होमआइसोलेसनमा बस्ने पनि उनले जानकारी दिएका छन् ।

महामन्त्री कोइरालाको उपचारमा अस्पतालका निर्देशक डा.विश्वनाथ कोइरालाको नेतृत्वमा डा. सुवोधसागर ढकाल र डा. प्रमेशसुन्दर श्रेष्ठलगायतको टोली रहेको थियो ।