फिफा विश्व बरियाता क्रममा बेल्जियम शीर्ष स्थानमा

फिफा विश्व बरियाता क्रममा बेल्जियम शीर्ष स्थानमा


अन्तर्राष्ट्रिय फुटबल सङ्गठन (फिफा)ले बिहीबार पुरुष फुटबल विश्व बरियता क्रमलाई ६ महिनापछि पहिलो पटक सार्वजनिक गरेको विवरणअनुसार बेल्जियमले अपरिवर्तित शीर्ष चारमा अग्रणी स्थान बनाउन सफल बनेको छ ।

कोभिड–१९ महामारीको कारण ६ महिनाभन्दा बढीको अन्तरालपछि अन्ततः अन्तर्राष्ट्रिय खेलहरू खासगरी यूरोपमा सेप्टेम्बरको सुरूमा पुनः सञ्चालन हुँदैछन् । यूईएफए नेसनल लीग खेल अवरुद्ध रहँदा फुटबलको विश्व बरियता क्रम निर्धारणसमेत प्रभावित बनेको थियो ।

तर अग्रणी चारमा कुनै परिवर्तन भएको छैन । बेल्जियम, फ्रान्स, ब्राजिल र इङ्गल्याण्ड क्रमशः शीर्ष चार स्थानमा नै रहेका छन् ।

पोर्चुगल पहिलो पाँचौँ स्थानमा पुग्न सफल भएको छ भने क्रोएशिया आठौँ र स्वीडेन अठारौँ बरियता क्रममा रहेका छन् ।

एसियाली मुलुकहरू जापान २८औँ र चीन ७६औँ स्थानमा रहेका छन् ।

अन्य देशहरूमा स्पेन पहिलेभन्दा एक स्थान माथि सातौँ र इटाली पनि पहिलेको तुलनामा एक स्थान माथि १२औँ स्थानमा रहेको छ भने नेदरल्याण्ड्स १३औं स्थानमा रहेको छ । जर्मनी पहिलेभन्दा एक स्थानमाथि १४औं क्रममा रहेको छ ।

यो अवधिमा रूसले सबैभन्दा ठूलो उपलब्धि हासिल गर्दै छ स्थान माथि उक्लँदै ३७ बाट ३१औँ स्थानमा पुगेको छ भने हङ्गेरी ५२औँ स्थानमा रहेको छ ।