सब-स्टेशनबाट विद्युत सेवा सुचारु

सब-स्टेशनबाट विद्युत सेवा सुचारु


विशेष प्रतिनिधि, कपिलवस्तु

कपिलवस्तुको महाराजगञ्ज सब–स्टेशनबाट विद्युत सेवा सुचारु भएको छ । नेपाल विद्युत प्राधिकरणको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना अन्तर्गत महाराजगञ्जमा सब स्टेशन निर्माण गरिएको हो ।

नेपाल विद्युत विद्युत प्राधिकरणले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका १ मा निर्माण गरिएको सब स्टेशनबाट बिहीबार विद्युत सेवा सुचारु गरेको हो ।

विद्युत पहुँचबाट टाढा रहेको जिल्लाको हरदौना, कुशहवा जस्ता गाँउमा विद्युत प्रवाह गर्नका लागि महाराजगञ्ज सव स्टेशनबाट विद्युत सेवा सुचारु गरिएको कृष्णनगर विद्युत प्राधिकरणका प्रमुख मक्सुद आलम शेखले जानकारी दिनुभयो । महाराजगंजमा सब स्टेशन नहुदा चन्द्रौटा वितरण केन्द्रबाट विद्युत प्रवाह हुदै आएको थियो । महाराजगंज सव स्टेशनलाइ प्रयोग गरि जिल्लाको विद्युत सेवालाई चुस्तदुरुष्त बनाईने कृष्णनगर प्राधिकरणका प्रमुख शेखले जानकारी दिनुभयो ।

जिल्लाको बुटहनिया, मर्यादपुर, तौलिहवा, हरदौनाको क्षेत्रको करिब एक हजार घरधुरीले सब स्टेशनबाट विद्युत सेवा पाउने नेपाल विद्युत प्राधिकरण बुटवल डिभिजन कार्यालयका प्रमुख मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो । कुल ३ अर्बको लागानीमा निर्माण सम्पन्न भएको आयोजनाले जिल्लामा विद्युत सेवा प्रवाहमा सजिलो हुने बुटवल डिभिजन कार्यालयका प्रमुख श्रेष्ठले बताउनु भयो ।

ए टु जेड इन्फ्रा निर्माण कम्पनीले सन २०१६ देखी सब स्टेशन निर्माण कार्यको जिम्मा पाएको थियो । दुई वर्ष सम्म निर्माण सक्ने सम्झौता भए पनि विभिन्न कारणले गर्दा निर्माण कार्य ढिलो सम्पन्न भएको कम्पनीका प्रबन्धक म्यानेजर सागर लुइँटेलले जानकारी दिनुभयो ।

नेपाल विद्युत प्राधिकरणको वितरण प्राणली सुदृढीकरण तथा विस्तार आयोजना अन्तरगत महाराजगंजबाट ३३ केविए विद्युत लाइनलाई कन्ट्रोल गरी ११, ११ केविए को सप्लाई दिइएको हो । आज विश्वकर्मा पुजाको दिन राम्रो मनिएकोले सब स्टेशन चर्जा गरिएको नेपाल विद्युत प्राधिकरण कृष्णनगर शाखाले जनाएको छ ।

प्राधिकरणले जग्गा खरिद गरेर सब स्टेशन निर्माण गरेको हो । असार मसान्तमा निर्माण सकिएको सब स्टेशन आज (२ असोज) देखि चार्ज गर्न थालिएको हो । चन्द्रौटा सब स्टेशनबाटै विद्युत बाल्दैआएका महाराजगंजवासीलाई महाराजगंजमा सबस्टेशन निर्माणपछि सहज भएको छ । चन्द्रौटामा केही समस्या आउँदा विद्युत बन्द गर्नुपर्ने समस्या थियो अबदेखि समस्या समाधान भएको छ ।