गिरिजाबाबुले भन्नुभो- त्यसोचाहि हुन नदिनुस् -केशवप्रसाद मैनाली

गिरिजाबाबुले भन्नुभो- त्यसोचाहि हुन नदिनुस् -केशवप्रसाद मैनाली


गिरिजाबाबुस“ग पहिलो साक्षात्कार भएको तिथि सम्झना नभए पनि ०३६ साल लगत्तैपछिको एउटा सर्न्दर्भ म सम्भिmरहेछु अहिले । सङ्गठनको सिलसिलामा उहा“ हाम्रो गाउ“ र्सलाही हरिवन पुग्नुभएको थियो । पार्टी-सङ्गठन गर्ने काम भनेपछि हुरुक्कै हुने स्वभावका उहा“ गाउ“-गाउ“ टोल-टोल चहार्नुहुन्थ्यो तर कहिल्यै धुस्रो-फुस्रो भएर होइन । चिल्लो टाउको, सफा र्सट-पाइन्टमा, पुरानै भए पनि मोटरमै देखे“ मैले प्रायः उहा“लाई सङ्घर्षका ती अप्ठ्यारा दिनमा पनि । उहा“को बोलीमा अत्यन्त आत्मविश्वास झल्किन्थ्यो । हामी कार्यकर्तास“ग कुरा गर्दा प्रायः ‘यो देशमा प्रजातन्त्र हामी काङ्ग्रेसले ल्याउने हो, अरू कसैले सक्दैन’ भन्दै पार्टीले गरेका काम र इतिहासका अनेक प्रसङ्गहरू सुनाउनुहुन्थ्यो । प्रजातन्त्र ल्याउन सक्ने एक मात्र पार्टीका हामी कार्यकर्ता भन्ने कुराले त्यसबेला हाम्रो छाती गर्वले फुल्थ्यो । उहा“को प्रस्तुति, आवाज र कुराहरू सुन्दा मनमा ‘यी कस्ता आत्मविश्वासी मान्छे’ भन्ने लाग्थ्यो । ‘म गर्छर्ुुभनेपछि गरेरै देखाउन सक्ने व्यक्तिका रूपमा मैले त्यतिबेलै गिरिजाप्रसादलाई हर्ेन थालेको थिए“ ।
परिस्थितिवश जब केही वर्षअघि मलगायतका साथीहरू चुरेभावर एकता समाज -पार्टीको रूप लिनुअघि एकता समाज) गठन गर्नुपर्ने अवस्थामा पुग्यौ“, त्यो खबर कोइरालाले कुन रूपमा कसरी पाउनुभयो कुन्नि, फोनमा सर्म्पर्क गर्नुभयो । पहिलो शब्द उहा“ले यस्तो बोल्नुभयो, ‘मैनालीजी, पार्टी छोडेर के गर्न लाग्नुभएको -‘ अनि मैले यस्तो जवाफ दिए“, ‘के गरू“ गिरिजाबाबु, टेक्ने धर्ती आफ्नो भए मात्र पार्टी, प्रजातन्त्र र समाजवादको कुरा हु“दोरहेछ, आफ्नो धर्ती नै नरहनेजस्तो भएपछि के प्रजातन्त्र के समाजवाद – त्यसकारण पहिले आफ्नो टेक्ने ठाउ“ सुरक्षित गर्नेतर्फ लागेको ।’ उहा“ले मेरो आशय त्यत्तिमै र्छलङ्ग बुझ्नुभएछ, त्यसपछि एकैचोटि यसो भन्नुभयो, ‘हर्ेर्नुस् मैनालीजी, यहा“ आफूलाई मधेसी भन्नेहरूमध्येमै कतिपयले ठीक काम गरिरहेका छैनन्, रगत बग्ने-बगाउने काम गरिरहेका छन्, मधेसी र पहाडेको कुरा गरेर विभाजनको खेल खेलिरहेका छन्, यस्तोमा म तपाईंलाई के सुझाव दिन चाहन्छु भने तपाईंहरू यति संयमित भएर अघि बढ्नुहोस् कि ती मधेसीका नाममा उत्पात मच्चाउनेहरूलाई लाज लागोस् । पहाडेहरूमाथि यसरी ज्यादती गर्दा पनि उनीहरू कति संयमित भन्ने फिल गरून् तिनले ।’ गिरिजाबाबुले त्यसरी सम्झाउ“दा वास्तवमै एउटा बाटो या दिशा पाए“जस्तो अनुभूति भयो ।
त्यसपछि म सभासद् बनिसकेपछि मात्र उहा“ले निवासमा बोलाउनुभयो । गएर भेट्नेबित्तिकै पहिलो शब्द उहा“ले के बोल्नुभयो भने, ‘मैनालीजी, यो एक मधेस एक प्रदेशचाहि“ हुन नदिनुहोस् है, तपाईंको राष्ट्रवादी छवि उजागर भएको छ, राष्ट्रका लागि यति काम गर्नुहोस् आफ्नो ठाउ“बाट ।’ म त दङ्ग परे“ । ‘मलाई तपाईंले गाली गर्नुहोला कि जस्तो लागेको थियो, धन्यवाद गिरिजाबाबु’, अनायास मेरो मुखबाट निस्कियो । अलिक संयमित भएपछिचाहि“ मैले प्रश्न गरे“ उहा“लाई- ‘तपाईं यसो भन्ने नेताले उनीहरूस“ग झुकेर सहमतिचाहि“ किन गरेको नि -‘ यसको जवाफस्वरूप उहा“ले अलिक घुमाउरो किसिमले आफ्नो बाध्यता बताउनुभयो । अनि मैले एक मधेस एक प्रदेश हुन नदिन म त जीवनको अन्तिम घडीसम्म लागिपर्छर्ुुन्ने जवाफ दि“दा उहा“को अनुहार थप उज्यालो बनेको पाए“ । मैले गौरव महसुस गरे“, आड-भरोसा मिलेजस्तो लाग्यो । एकपटक भेटेको मानिसलाई हत्तपत्त कहिल्यै नबिर्सने उहा“को खुवी थियो । भेटघाट हु“दा आफ्नै परिवारका सदस्यहरूलाई झै“ सुख-दुःख के छ भनी आत्मीयताका साथ सोधपुछ गर्ने उहा“को स्वभावबाट मैले त आफूलाई कृतज्ञ नै ठानेको छु, यस्तै अनुभूति गर्ने साथीभाइ र काङ्ग्रेस कार्यकर्ता थुप्रै चिन्दछु म । बाहिरबाट हर्ेदा कठोरझै“ देखिनुहुने गिरिजाबाबुलाई भित्रबाट चिन्नेले नौनीझै“ अनुभूत गर्दथे । उहा“ विवेकी पनि त्यत्तिकै हुनुहुन्थ्यो भन्ने बुझाइ छ मेरो ।
‘गिरिजाबाबुले यो गल्ती गरे, यो कमजोरी भयो उनीबाट’ भन्नेहरू पनि छन् । यसमा मलाई के लाग्छ भने, धेरै जिम्मेवारी बोकेको, धेरै काम गर्नुपर्ने व्यक्तिले गल्ती पनि पक्कै गर्छन् । यो कुरा सामान्य हो । सेतो पर्दामा एक थोपा मसी पर्‍यो भने सिङ्गो पर्दामा त्यही सानो दाग मात्रै देखिन्छ । गिरिजाबाबुको व्यक्तित्व साफ थियो, त्यसैले साना गल्ती पनि ठूलोझै“ देखियो, देखाइयो । वास्तवमा कोइराला प्रजातन्त्रको आन्दोलनमा कहिल्यै नथाक्ने योद्धा हुनुहुन्थ्यो । हामीस“ग उहा“ कहिलेकाही“ भन्नुहुन्थ्यो, ‘कामको बेला तपाईंहरूले बिरामी बन्न या भन्न पनि पाउनुहुन्न ।’ प्रजातन्त्रप्रति यति समर्पित हुनुहुन्थ्यो कि कहिल्यै कसैस“ग सम्झौता गर्नुभएन उहा“ले । प्रजातन्त्रको विपक्षमा एक शब्द पनि सुन्नै नसक्ने कोइरालाले राणास“ग लड्नुभयो, पञ्चायतस“ग पंगा लिनुभयो र अन्तिमसम्म लडिनै रहनुभयो । कसैको धाक-धम्कीबाट डराउनुभएन । सायद यस्तै विशेषताले उहा“ सबैको अभिभावक बन्न सक्नुभयो ।
मन परेकालाई बढ्ता विश्वास गर्नु उहा“को कमजोर पक्ष हो । राजनीतिमा ठूलो जिम्मेवारी लिएको उहा“जस्ता व्यक्तिले जो-कसैलाई आ“खा चिम्लेर विश्वास गर्नु उचित थिएन । त्यसले कोइरालालाई बेला-बेलामा क्षति पुर्‍याएको र अप्ठ्यारोमा पारेको छ । तथापि, उहा“ आफ्नो लक्ष्य प्रस्टस“ग खुट्याउनुहुन्थ्यो र लक्ष्य मात्र देख्नुहुन्थ्यो । कसले के भने, कहा“नेर के कमजोरी भइरहेछ भनी अल्झने स्वभाव उहा“को थिएन । यसरी आत्मविश्वासका साथ गन्तव्य मात्रै ताक्ने व्यक्तिले बाटोका राम्रा या नराम्रा, सप्ठ्यारो या अप्ठ्यारो खुट्याइरह“दैन । उहा“को लक्ष्य पवित्र भएकोले आलोचकहरूले औंल्याए पनि बाटोका गल्तीहरू क्षम्य छन् । आत्माको आवाज खुलस्त गरेर हि“ड्ने मानिसले नराम्रो काम सोच्न सक्दैन/गर्दैन भन्ने मलाई लाग्छ । गिरिजाबाबु त्यस्तै व्यक्ति हुनुहुन्थ्यो ।
मृत्युशय्यामा रह“दा या मृत्युको तीन-चार घन्टाअघिसम्म पनि राष्ट्रप्रति गम्भीर रूपले चिन्तित देखनुभएका स्वर्गीय कोइरालाबाट हामीले अनुकरण-अनुशरण गर्नुपर्ने धेरै कुरा छन् । उहा“को अवसानमा गोहीको आ“सु चुहाएर मात्र केही हु“दैन । शान्ति, सहमति तथा सहकार्यको माध्यमबाट नया“ संविधान निर्माण र पूर्णलोकतन्त्रको स्थापना तथा त्यसलाई संस्थागत गर्ने गिरिजाबाबुको अभियान अधुरै छ, यसलाई पूर्णता दिन इमानदारी, योग्यता र त्यागका साथ लागिपर्नु सबैको कर्तव्य हो । राष्ट्रले चाहेको यही महायज्ञमा खली खाएर खरो उत्रन सके मात्र स्वर्गीय कोइरालाप्रति चुहाएको आ“सु हार्दिक ठहरिनेछ । -लेखक चुरेभावर पार्टीका अध्यक्ष एवम् सभासद् हुनुहुन्छ ।)