कर्जा चाहिएको छ ? ‘सापटी सेवा’लाई सम्झनुस्

कर्जा चाहिएको छ ? ‘सापटी सेवा’लाई सम्झनुस्


■ राजन घिमिरे

के तपाईं बैंक वा अन्य वित्तीय संस्थाबाट कर्जा झिक्न चाहनुहुन्छ ? कर्जा झिकेर ब्यापार व्यवसाय गर्ने सोचमा हुनुहुन्छ ? तपाईंको यो सोचलाई साकार पार्न सजिलो र भरपर्दो सहयोगी माध्यम बन्न सक्छ ‘सापटी सेवा’ ।

बैंक तथा वित्तीय संस्थाबाट कर्जा झिक्न सजिलो माध्यम खोज्दै हुनुहुन्छ भने ‘सापटी सेवा’ले तपाईंको चाहना पूरा गराइदिन सक्छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट कर्जा निकाल्न निकै झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने गुनासो धेरैले गर्दै आएका छन् । भनेको बेलामा कागजपत्र तयार नहुने, बैंक तथा वित्तीय संस्थाका विभिन्न शर्त र नियमका कारण सेवाग्राहीले कर्जा निकाल्न निकै झन्झट र तनाव ब्यहोर्दै आएका छन् । यस्तो समस्या सानादेखि ठूला कर्जा दिने संस्थासम्म नै रहेको पाइन्छ । त्यसैले व्यापार व्यवसाय चलाउन, घर तथा गाडी खरिदका लागि कर्जा लिन तथा नयाँ उद्योग खोल्न आवश्यक कर्जा लिन जानुअघि ऋणीहरूले अनावश्यक झन्झटका कारण धेरैपटक सोच्नुपर्ने अवस्था छ ।

पैसा आफूसँग भएर मात्र कसैले पनि उद्योग व्यवसाय गर्दैन । त्यसका लागि बैंक तथा वित्तीय संस्थाकै भर पर्नुपर्ने हुन्छ । आफूलाई चाहिने कर्जा निकाल्न आवश्यक पर्ने धरौटी राख्छु भन्दा पनि धेरैले सहजै पाइरहेका हुँदैनन् । नेपालमा जति पनि उद्योगी–व्यवसायी छन्, तिनीहरूले कहीँ न कहीँबाट कर्जा लिएरै व्यवसाय चलाइरहेका छन् । ऋणी र निक्षेपकर्ताकै कारण बैंक तथा वित्तीय संस्था पनि सञ्चालन हुन्छन् । निश्चित ब्याज रकम तिरेर पनि कर्जा लिन झन्झटिलो अवस्थाको अन्त्य गर्न ‘सापटी सेवा’को अवधारणा नेपालमा पहिलोपटक आएको हो ।

नेपालमा अहिलेसम्म ऋणी र बैंक तथा वित्तीय संस्थाबीच सहजीकरण गरिदिएर कर्जा निकाल्ने अभ्यास शुरु भइसकेको छैन । विदेशमा यस्तो अभ्यास धेरै पहिलादेखि हुँदै आएको छ । विदेशको त्यही अभ्यास र प्रविधिलाई पछ्याएर नेपालमा ‘सापटी सेवा’ कम्पनीको स्थापना गरिएको बताइएको छ ।

‘सजिलोगरी बुझ्नु पर्दा यो कम्पनीले बैंक तथा वित्तीय संस्था तथा ऋणीबीच पुलको काम गर्नेछ’– सापटी सेवाका सफल वाग्लेले जानकारी दिए ।

यो संस्थाले प्रचलित ऐन–नियमअनुसार सम्बन्धित निकायको स्वीकृति लिनुपर्ने भए लिई विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग साझेदारी, सहकार्य गरी व्यक्तिगत एवं संस्थागत कर्जा प्रवाह गर्न सहयोग पुऱ्याउने उद्देश्यले विभिन्न सेवा प्रदान गर्ने उद्देश्य राखेको छ । साथै, प्रचलित कानुनको अधीनमा रही कर्जा लिन आवश्यक पर्ने पूर्वतयारीसम्बन्धी सेवाहरू, व्यापारिक प्रस्ताव, व्यावसायिक योजना, वित्तीय प्रक्षेपण, बजार सम्भाव्यतालगायत अन्य शुरुदेखि अन्तिमसम्मका सम्पूर्ण सेवा व्यक्तिगत एवं संस्थागत स्तरमा प्रदान गर्ने या सहजीकरण गराउने छ ।

बैंक तथा वित्तीय संस्थासँग कर्जा लिन चाहनेले ‘सापटी सेवा’को वेबसाइटमा गएर आफूले चाहेको संस्थाका लागि अनलाइन फारम भर्न सक्ने छन् । वेबसाइटमा विभिन्न बैंक तथा वित्तीय संस्थाका अधिकतमदेखि न्यूनतम कर्जा तथा सावाँ ब्याजबारे उल्लेख गरिएको हुनेछ । त्यसकै आधारमा सेवाग्राहीले फारम भरी कर्जा लिन चाहेमा ‘सापटी सेवा’ ले सहजीकरण गर्नेछ । यो सेवा निकै प्रभावकारी र भरपर्दो हुनेमा विश्वास गर्न सकिन्छ ।

घरमै बसेर प्रविधिको उपयोग गरी आफ्नो व्यापार–व्यवसाय तथा अन्य प्रयोजनका लागि चाहेको बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिने छ ।

नेपालमा पहिलोपटक सेवा सुरु गर्न थालेको ‘सापटी सेवा’ले कर्जा निकाल्न सहजीकरण मात्रै गर्दैन, यसले अनलाइन इ–कमर्सलगायत भौतिक पसल, शोरुम खोली बिक्री वितरण गर्ने व्यक्ति एवं निकायहरूसँग सहकार्य, साझेदारी गरी मासिक किस्ता (इ.ए.आई), छुट, सहुलियत जस्ता विभिन्न स्किनको प्रवर्धन समेत गर्ने उद्देश्य राखेको छ । यस्तै, विभिन्न बैंक वित्तीय संस्थाहरूका विभिन्न कर्जा, बचत, निक्षेपसम्बन्धी एवं अन्य लगानीका क्षेत्रहरूको बजारीकरण, विज्ञापन, प्रदर्शन गर्ने एवं अनलाइन सहकार्य गरी छरिएर रहेका विज्ञापनलाई एकै ठाउँमा जानकारी प्राप्त गर्न सकिने बनाइ ऋणी एवम् बचतकर्ताको पहुँचमा पुऱ्याउन अनलाइन प्लेटफर्मको निर्माण गरी आधुनिकस्तरको विज्ञापन गर्ने भएको छ ।