होम आइसोलेसनमा रहेका महामन्त्री कोइराला अस्पताल भर्ना

होम आइसोलेसनमा रहेका महामन्त्री कोइराला अस्पताल भर्ना


केही दिनअघि कोभिड पोजेटिभ पुष्टि भइ घरमै आइसोलेसनमा रहँदै आएका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई अस्पताल भर्ना गरिएको छ ।

यही भदौ २३ गते संक्रमण पुष्टि भएपछि आइसोलेसनमा रहँदै आएका महामन्त्री कोइरालालाई अकस्मात् ज्वरोले च्यापेपछि ओम अस्पताल भर्ना गरिएको हो ।

कोइरालाका स्वकीय सचिव सचिव भरत तिवारीका अनुसार अचानक ज्वरोले च्यापेपछि मंगलबार राति नै अस्पताल भर्ना गरिएको हो ।

बताइएअनुसार सोमबार साँझ ६ बजेदेखि कोइरालालाई १०३ डिग्री ज्वरो आएकोमा त्यसको दुई घण्टासम्म पनि ज्वरो नरोकिएपछि अस्पताल लगिएको थियो, तर अहिले भने ज्वरो हटिसकेको छ । उपचारमा खटिएका डाक्टरले कोइरालालाई निमोनिया भएको संकेत देखिएको छ ।

अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले एक बक्त्तब्य प्रकाशित गरि महामन्त्री कोइरालाको स्वस्थ्य अवस्था स्थिर तथा सुधारोन्मुख रहेको जनाएका छन ।

कोइरालाको उपचारमा ओम अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका डाक्टर विश्वनाथ कोइराला, डाक्टर सुवोध सागरलगायतको टिम संलग्न रहेको र स्वास्थ्यावस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।