सुस्तास्थित नारायणी नदीमा डुङ्गा पल्टिँदा एक व्यक्ति बेपत्ता, ६ जनाको उद्दार

सुस्तास्थित नारायणी नदीमा डुङ्गा पल्टिँदा एक व्यक्ति बेपत्ता, ६ जनाको उद्दार


आरपी उपाध्याय, नवलपरासी

पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीमा बुधबार (३१ भदौ) बिहान डुङ्गा पल्टिँदा एक व्यक्ति बेपत्ता भएका छन् ।

सुस्ताको ठाडी गाउँबाट विकट स्थानको रुपमा मानिने सुस्तातर्फ जाँदै गरेको डुङ्गा नारायणी नदीमा पल्टिँदा भारत महाराजगन्ज बस्ने वर्ष २८ का पतरु मुसहर बेपत्ता भएका छन् भने अन्य ६ व्यक्तिको उद्दार गरिएको छ ।

बिहान ९ः३० को समयमा घर बनाउने इँटा बोकेर सुस्तातर्फ जाँदै गरेको डुङ्गा अनियन्त्रित भई पल्टिएको सुस्ता बचाउ अभियानका प्रवक्त्ता रवीन्द्र जैसवालले जानकारी दिए ।

जनताको आवस निर्माण कार्यको लागि डुङ्गामा इँटा लोड गरी सुस्तातर्फ जाँदा उक्त दुर्घटना भएको थियो । नारायणी नदीमा यतिबेला २ लाख १० हजार क्युसेक पानी प्रवाह भैरहेको छ भने सो अवस्थामा डुङ्गामा इँटा बोकि यात्रा गर्दा उक्त दुर्घटना हुन गएको हो ।

नारायणी नदीमा डुङ्गा पल्टिनासाथ सुस्ताका अन्य स्थानीय माझीहरुको सहयोगमा उद्दार कार्य गरिएको थियो ।