अकूत कमाएको अभियोगमा अख्तियारद्वारा दासविरुद्ध मुद्दा

अकूत कमाएको अभियोगमा अख्तियारद्वारा दासविरुद्ध मुद्दा


पदीय दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोगमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति डा. बलभद्रप्रसाद दासविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार २०७६ पुस १७ गते जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका दासले २०७६ असार ३० गते सम्मको अवधिमा रु. सात करोड ७१ लाख ९२ हजार ८६० बराबरको गैरकानूनी आर्जन गरेको पाइएको छ ।

दासको वैध आय रु. सात करोड ६० लाख १० हजार ४८९ आर्जन गरेको देखिएको आयोगबबो भनाइ छ । आयको तुलनामा रु १५ करोड ३२ लाख तीन हजार ३५० अवैध आय देखिएको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी दासविरुद्ध हदैसम्मको कारबाहीको माग गर्दै अवैध सम्पत्ति जफतको मागसहित आज विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।