करेन्ट लागेर दाङमा तीन बालबालिकाको मृत्यु

करेन्ट लागेर दाङमा तीन बालबालिकाको मृत्यु


दाङमा करेन्ट लागेर मंगलबार अपराह्न (३० भदौ) तीन बालबालिकाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका–१० उत्तरअम्राइमा करेन्ट लाग्दा सोही ठाउँका चार वर्षीया रेणुका चौधरी, आठ वर्षीय प्रशान्त चौधरी र तीन वर्षीय अमृत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

स्थानीयवासी एक व्यक्तिको निधन भएको घरमा शुद्धशान्तिका लागि मोटर जोडेर कुलामा पानी तानिरहेको अवस्थामा सोही पानीमा पौडी खेलिरहेका उनीहरुलाई करेन्ट लागेको बताइएको छ ।

अपराह्न १ बजेतिर भएको घटनामा मृत्यु भएका बालबालिकाकोे शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।