रुपन्देहीका युवाको जापानमा मृत्यु

रुपन्देहीका युवाको जापानमा मृत्यु


प्रतिनिधि, फुकुओका (जापान)

दुई वर्षअघि जापानको फुकुओकामा प्रशिक्षार्थी भिषामा आएका रुपन्देहीका २९ वर्षीय सुवास पान्डेको मृत्यु भएको छ ।

आइतबार बिदाका दिन साथिहरुसँग पहाड घुम्न गएका पान्डे सोमबार काममा नआएपछि घरमा जाँदा सुतेकै अवस्थामा मृत भेटिएका थिए ।

एनआरएन जापानका अध्यक्ष देविलाल भन्डारीकाअनुसार पान्डेको शवलाई उनी काम गर्ने कम्पनीले नै नेपाल पठाउने तयारी गरेको छ ।