जनसम्पर्क समिति बेल्जियमले यसरी मनायो बीपी जयन्ती

जनसम्पर्क समिति बेल्जियमले यसरी मनायो बीपी जयन्ती


विशेष प्रतिनिधि, बेल्जियम

युरोपस्थित नेपाली राजनीतिकको केन्द्र पनि मानिने बेल्जियममा नेपाली कांग्रेसको विदेशस्थित भातृसंगठन जनसम्पर्क समितिले महामानव बिपी कोइरालाको सम्झना तथा उहाँको १०७औँ जयन्ती तथा स्मरण दिवस मनाएको छ।

जनसम्पर्क समिति बेल्जियमले नेपाली राजनीतिका महान् नायक, प्रजातान्त्रिक समाजवादका प्रवर्तक तथा नेपाली साहित्य जगतका अति विशिष्ट व्यक्तित्व जननायक विश्वेश्वरप्रसाद कोइरालाको १०७औँ जन्मजयन्तीको अवसरमा ‘बीपी कोइराला र वर्तमान नेपाली कांग्रेस’ नामक शीर्षकमा बीपी कोइरालाको जन्मजयन्ती मनाएको हो ।

जनसम्पर्क समिति बेल्जियमकी सभापति श्रीमती सीता सापकोटाका अनुसार वर्तमान कठिन परिस्थितिलाई मध्यनजर गर्दै सामुहिक भेला भइ कार्यक्रम गर्न सम्भव नभएकाले विद्युतीय प्रणाली जुममार्फत नेपाली कांग्रेसका संस्थापक, महामानव बीपी कोइरालाको १०७औँ जन्म जयन्ती भब्य रुपमा मनाएर आफ्ना नेताप्रति उच्च सम्मान प्रकट गरेका थिए।

नेपाली जनसम्पर्क समिति बेल्जियमका सभापति श्रीमती सीता सापकोटाको सभापतित्वमा संचालित सो कार्यक्रममा संस्थापक अध्यक्ष ध्रुवराज पौडेलको प्रमुख आतिथ्यता र नेपाली जनसम्पर्क समिति बेल्जियमका पूर्वअध्यक्ष इन्द्र क्षेत्री पकवान तथा नेपाली जनसम्पर्क समिति बेल्जियमका निवर्तमान अध्यक्ष शुभाष जोशीको विशेष आतिथ्यतामा सम्पन्न उक्त जुम बैठकलाई नेपाली जनसम्पर्क समिति बेल्जियमका महामन्त्री दिनेश भन्डारीले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष नरहरि सापकोटाले स्वागत मन्तब्य राख्नुभएको थियो ।

उक्त भर्चुअल कार्यक्रममा गैरआवासीय नेपाली संघको पूर्वसचिव श्रीमती जानकी गुरुङ, नेपाली जनसम्पर्क समितिका पदाधिकारी, सदस्य एवं सल्लाहकारहरुले नेपाली काग्रेसका सस्थापक नेता स्व. बीपी कोइरालाको स्मरण गर्दै उहाँले मुलुकको लागि पुऱ्याउनुभएको योगदानको चर्चा गर्दै उहाँप्रति हार्दिक सम्मानका साथ श्रदासुमन अर्पण गर्नुभएको थियो ।

कार्यक्रममा गैरआवासीय अभियन्तासमेत रहेकी पूर्वसभापति जानकी गुरुङले संगठन आफ्ना मूल्य र मान्यतामा चल्नुपर्ने बताउँदै वर्तमान कार्यसमितिले अविलम्ब अधिवेशन गर्ने बवताबरण तयार गरेर अघि बढ्नुपर्ने आफ्नो राय राख्नुभयो ।

कार्यक्रमको अन्त्यमा सभापति श्रीमती सापकोटाले पार्टीका विविध विषयमा राय राख्दै वर्तमान सरकार भ्रस्टाचारमा डुब्दा पनि नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको संगठन विधि र विधान अनुरुप चल्न नसकेको, आफ्ना भात्रि तथा सुभेक्ष्युक संगठनलाइ समयानुकुल व्यवहार गर्न नसकेको , साथै आगामी दिनमा सम्पूर्ण त्रुटीलाइ विवेचना गरेर बीपीले कल्पना गरेको बाटोमा कांग्रेसलाई लैजान सके मात्र नेपाली कांग्रेसको भविष्य भएको जिकिर गर्दै ब्यस्त समयका बाबजुद पनि आफ्नो महत्वपुर्ण समय निकालेर महामानव तथा नेपाली कांग्रेसका मार्गदर्शक नेताप्रति श्रदासुमन अर्पण गर्न उपस्थित हुनुहुने सहभागीहरुप्रति धन्यवाद ब्यक्त गर्नुभएको थियो ।