अमेरिकी ओपनमा डोमिनिकको सनसनीपूर्ण जित

अमेरिकी ओपनमा डोमिनिकको सनसनीपूर्ण जित


अमेरिकी ओपन २०२० को पुरुष सिङ्लको उपाधि दोश्रो वरियता प्राप्त अष्ट्रियाका डोमिनिक थीमले जितेका छन् ।

पाँच सेटसम्म चलेको रोमाञ्चक खेलमा थीमले पाँचौं वरियता प्राप्त जर्मनीका अलेक्सान्द्र जेवरेवमाथि २–६, ४–६, ६–४, ६–३ र ७–६ ले पराजित गर्दै सनसनीपूर्ण जीत हासिल गरेका हुन् ।

आर्थर ऐस स्टेडियममा पाँच सेटसम्म चलेको उक्त फाइनल चार घण्टा एक मिनेटसम्म चलेको थियो । थीमले शुरुका दुई सेट गुमाए पनि अन्तिम तीन सेट आफ्नो पक्षमा पार्दै अमेरिकी ओपनको उपाधि जितेका थिए ।

अमेरिकी ओपनको इतिहासमा ७१ सालपछि पहिलो पटक यस्तो नतिजा आएको हो । यो भन्दाअघि पहिलो पटक सन १९४९ मा अमेरिकाका पन्चो गाञ्जालेसले फाइनलमा दुई सेट गुमाएर च्याम्पियन बनेका थिए ।

२७ वर्षीय थीमले सेमी फाइनलमा गत वर्षका अमेरिकी ओपनका उपविजेता दानिल मदवेदेवलाई पराजित गरेर फाइनलमा पुगेका थिए । थीम सन २०१८ र २०१९ को फ्रेञ्च ओपनको फाइनल राफेल नडालसंग पराजित भएका थिए । त्यस्तै २०१९ को अष्ट्रेलियन ओपनमा भने नोवाक जोकोविचलाई पराजित गर्दै अष्ट्रेलियन ओपनमाथि कब्जा जमाएका थिए ।

२३ वर्षीय अलेक्सान्द्र जेवरेव पहिलो दुई सेट जितेर पनि पहिलो ग्य्राण्डस्ल्याम उपाधि जित्नबाट चुके ।