लोकतन्त्रको नाममा जनता सधैं गलतको पछि लाग्दैनन् !

लोकतन्त्रको नाममा जनता सधैं गलतको पछि लाग्दैनन् !


  • दामोदर पौडेल

लोकतन्त्र र गैरलोकतन्त्रमा अनेक विषयमा निकै भिन्नता देखिन्छन् । लोकतान्त्रिक परिपाटीमा कुनै पनि समुह (गुट) वा ब्यक्तिको दलभित्र जबर्जस्त पकड हुनु आफैंमा नराम्रो होइन । यसले जनाधारको प्रतिनिधित्व पनि गर्दछ, तर सधैं त्यस्तो अवस्था रहँदैन । नेताले दलभित्र पकड बलियो बनाइरहँदा जनतामा भने उसको पकड कमजोर हुँदै जान्छ, यदाकदा लोकतन्त्रमा । यस्तो हुनु भनेको दलका नेताको जनाधार कम हुनु तर दलभित्रका कार्यकर्तामा चाहिँ राम्रो पकड हुनु हो । अर्थात्, नेता र कार्यकर्ताहरूको पकड जनतामा नहुने परिवेश बन्न जान्छ । उ र उसका नजिककाहरूको कारणले जनतामा त्यो दल नै अनुपयुक्त हुन जान्छ । तर उ भने पार्टीको नेता बनिरहन चाहन्छ र उसका नजिककाहरूले उसको पछि लागिरहने वातावरण बन्दछ । दल र लोकतन्त्रान्तिक अभ्यासको लागि नै यो अत्यन्त घातक हुन जान्छ ।

प्रायः यस्तो अवस्था नेताले जनतामा दलको नीति र जनभावना वा जनचाहनाविपरीत काम गरेकोले हुन्छ । उ समग्र रूपमा जनतामा अप्रिय र कार्यकर्ताको घेरामा बलियो भएको हुन्छ । उसले काम गरिदिएको, कार्यकर्ता जस्ता किसिमका भए पनि उसले सुरक्षा गरेको, पद दिएको, गलत गरेर कमाएको धन कार्यकर्ताहरूमा प्रयोग गरेको जस्ता कारणले कार्यकर्ताहरू भने उसको पक्षमा हुन्छन् । उ पद र पैसाको कारणले चुनाव जित्छ, उसले कमसेकम आफ्नो चुनाव क्षेत्रमा गरेको कामले पनि उसले चुनाव जित्छ तर देशभरका चुनाव क्षेत्रमा भने उ कमजोर बन्दै गएको हुन्छ । उसले आफ्ना विरोधिहरूलाई चुनावमा हराउन प्रयास गर्दछ । तर, यसको परिणाम उसैले पनि भोग्नु पर्दछ । उ यदाकदा चुनावमा आंफूले जितेको तर आफ्ना विरोध गर्नेहरूले चुनाव हारेको नाङ्गो तर्क पनि गर्दछ । तर त्यो चुनाव आफ्नो नेतृत्वमा भएकोले त्यसको मुख्य जिम्वेवारी आफ्नो हुनुपर्ने चाहिँ उ बिर्सन्छ ।

दलको मुख्य नेताले अरु सहयोगीको भनाइमा समेत लागेर ‘हो’मा ‘हो’ मिलाउँदै कहिले भन्ने गर्दछ कि चुनाव आफ्ना विरोधिको कारणले हारेको हो । चुनाव विरोधिको कारणले र विरोधी मिलेको कारणले हारिन्छ र आफू गलत वा अपेक्षाकृत अनुपयुक्त भएकोले हारिन्छ भन्ने उसले ठम्याउँदैन । उ र उसकाहरूले सोच्छन् कि दलका मानिस र कार्यकर्ता तथा समर्थकहरूले मत दिए चुनाव जित्न सजिलो छ । जसरी पनि कम विवाद हुने गरेर आफ्ना मानिसलाई चुनावमा टिकट दिनु पर्दछ । तर, त्यस्तो हुँदैन । लोकतन्त्रमा जनता र शुभचिन्तकविना विजयी हुन कठिन हो । जनता र शुभचिन्तकहरूले सामान्यतः राम्रो गुण नै चाहन्छन् । भ्रम दिन सकिएला तर सधैं, सबैतिर दिन सकिँदैन ।

चुनावमा टिकट दिएपछि जित हुने भ्रम हुन्छ । उ ‘गणेश’हरूले घेरिएको हुन्छ र घेरिन पनि चाहन्छ । गणेशहरू चुनावमा जित्ने र नजितेमा दलभित्रको अर्कोले जित्नुभन्दा त आफू हारे पनि आफूले अरुको हैसियत बढ्न नदिएको वा नदिने र आफू नेता बनिरहने हुँदा खुसी नै हुन्छ । गणेशहरू आफ्ना कमजोरीको घाटाभन्दा दलको साख र विरोधिको कमजोरीले चुनाव जितिने आशामा हुन्छन् । त्यस्तो हुँदैन । अझै कतिपय नेता त चुनावमा दलले हारेपछि पनि नेता बनिरहन चाहनुको मुख्य कारण दलको प्रमुख भएपछि आफूले गरेका गल्तीहरूको सजाय पनि दलको नेताको हैसियत रहने कारणले गर्दा नहुन सक्ने आशा गर्दछन् । उसका ‘गणेश’ अर्थात् हनुमानहरू जनाधार नभएर पनि नेताको पछि लागेर हैसियत बनेकाहरू आफ्नो जनाधार नभएको र साथीहरूलाई समेट्न नसकेको भन्दा पनि अरुले असहयोग गरेर चुनाव हारेको भन्न रुचाउँछन् ।

बेलायतका प्रधानमन्त्रीहरू टोनी ब्लेयरले आमचुनावमा हारेपछि कार्यकारी पद छोडेका थिए । जर्मनमा चान्सलर एन्जिला मर्केलले आफ्नो दलको अवस्था कमजोर देखिएपछि अब चुनाव नलड्ने बताएकी छन् । यस्तो हैसियत गरिव देशमा लोकतन्त्रवादी नेताहरूमा पनि हुनु पर्दछ, अन्यथा उनीहरूसँगै दल पनि बदनाम हुन्छ ।

यो त चुनावमा हारेर पनि कारण पत्ता लगाउन कन्जुस्याइँ गर्नु भनेको रक्सीको कथा जस्तै हो । रक्सी खानेहरू मदिराको तालमा घरतर्फ जाँदा एउटाचाहिँ पानीमा डुबेर मरेछ । अर्कोको हात, अर्कोको खुट्टा, अर्कोको नाकमा चोट लागेछ । एउटा भने केही नभइ घर पुगेछ । अर्को दिनमा रक्सीको समीक्षा गर्न उनीहरू बसेछन् । उनीहरूले रक्सीको कारणले केही भएको होइन, त्यसो भए त कोही मर्ने कोहीलाई केही नहुने हुँदैनथ्यो, बरु कसैको नाक कमजोर भएको, कसैको हात कमजोर भएको, कसैको गोडा कमजोर भएकोले त्यो घटना घटेको निष्कर्ष निकालेछन् । राजनीतिमा आफ्ना कमजोरी लुकाउन र दललाई जे भए पनि पदमा बसिरहन यस्ता अर्थहीन भ्रामक उदाहरणहरू पनि दिन्छन् ।

नेता जनाधार खस्कँदै गएको देखिए पनि त्यसको आधार र कारण अरु नै खोज्छ र उ अरुलाई दोष दिने तानावाना बुन्छ, तर सत्य यो हो कि कुनै पनि दलको ठुलो पदको नेतामा दलको जित वा हारको मुख्य जिम्मेवारी रहन्छ । उसले नेतृत्व लिएको चुनावमा उसले हारेमा उसले नैतिक मात्र हैन, ब्यवहारिक जिम्मेवारी पनि लिनु पर्दछ । उसले चुनावमा दलबाट जितेका अरुलाई आएको कुनै पनि नयाँ नेतृत्व दिनु पर्दछ र त्यति मात्र नभइ त्यो नेतृत्व उभन्दा फरक समुहलाई दिनु पर्दछ । दलभित्र समेत अरुलाई पद दिन नमिले पनि जिम्मेवारी दिनु पर्दछ । केही वर्षपहिला बेलायतका प्रधानमन्त्रीहरू टोनी ब्लेयरले आमचुनावमा हारेपछि कार्यकारी पद छोडेका थिए । जर्मनमा चान्सलर एन्जिला मर्केलले आफ्नो दलको अवस्था कमजोर देखिएपछि अब चुनाव नलड्ने बताएकी छन् । यस्तो हैसियत गरिव देशमा लोकतन्त्रवादी नेताहरूमा पनि हुनु पर्दछ, अन्यथा उनीहरूसँगै दल पनि बदनाम हुन्छ ।

भारतमा गान्धी परिवारमा काङ्ग्रेस आईको कमान्ड छ । गान्धी परिवारको विकल्पमा कोही पनि दलको नेता बन्न तयार छैन । दलको अवस्था दिनहुँ नाजुक हुँदै गएको छ । गान्धी परिवारले परिवारबाहिरबाट नेतृत्व नै जन्मन दिएन र अहिले त्यसको परिणाम भोग्दैछ काङ्ग्रेस आई । दलमा वर्चस्व बढ्नुलाई जनमतमा वर्चस्व बढे–घटेको आधारमा तुलना गर्नु पर्दछ । दलको वर्चस्व त माध्यम मात्र हो लक्ष्य त जनताको भावनामा अब्बल ठहर्नु हो । जनताको भावनामा गिरेपछि दलमा वर्चस्व रहनु भनेको दल सानो हुँदै जानु हो । त्यस्तो दल क्रमशः पारिवारिक दल जस्तो हुन जान्छ । नेपालमा कोइराला परिवारको दलमा पनि वर्चस्व रह्यो र जनतामा पनि । बीपीले २०१५ सालमा दुइ तिहाई बहुमत ल्याउने नेतृत्व दिए भने गिरिजाले लोकतन्त्र पुनःस्थापनापछि कांग्रेसलाई बहुमत दिए । उनका धेरै कमजोरी थिए तर उनको पक्षमा संसदमा जहिले पनि बहुमत थियो । उनको पक्षमा जनमत हुँदाहुँदै पनि उनलाई हटाउन खोज्नेको अपरिपक्व सोचले गर्दा नै २०५१ सालमा काङ्ग्रेसको आवस्था दुःखद भयो र कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउँदा पनि संसदमा गिरिजाको नै प्रचण्ड बहुमत थियो । दलको नेतृत्वकर्ताले समयमा नेतृत्व नछोडेमा कुनै समयमा उसले चाहेर पनि नेतृत्व छोड्न सक्दैन । अर्को राम्रो नेताले नेतृत्व लिन नै चाहँदैन बरु अर्को दलमा जान्छ वा नयाँ दल खोल्छ र त्यो दलको पतन भइरहेको हुन्छ ।

जतिसुकै गल्ती भए पनि मुख्य नेताले आफ्ना विरोधिलाई परस्त गर्न आफ्ना ‘हनुमान’हरूको जत्था बनाउँछ । उसका हातमा सेनाको पकड भएपछि उ जनताबाट अनुमोदित नभएर पनि जनप्रिय कहलाउँछ । रुमानियाका चाउचेस्कु र चीनका माओ त्यसका उदाहरण हुन् ।

दलको नेतृत्वमा बस्नेले आमचुनावमा हारेमा दललाई नजिताएसम्म म जिम्मेवारी छोड्दिनँ भन्ने र कतै जिताएमा मैले चुनाव जिताएकोले पद छोड्दिनँ भन्ने हो भने कुनै पनि दलमा आन्तरिक चुनावको आवश्यकता नै पर्दैन भन्ने उसले सोचेको छ भन्ने बुझिन्छ । केपी ओलीले एमाले वा कम्युनिष्ट पार्टीलाई चुनाव जिताएका हुन् । उनको दलको बहुमत आएपछि प्रधानमान्त्री बन्ने अधिकार र दलमा प्रमुख वन्ने अधिकार जनताको भावना नै हो । दलहरूको एकीकरण भए पनि ठुलो दलको हैसियतले त्यही अवस्था कायम रहनु स्वभाविक हो तर विवाद भएका छन् । लोकतन्त्र मान्ने भन्ने कुनै दलले त्यो मर्मलाई मान्न तयार हुँदैन भने त्यो दलमा नेतृत्व गर्ने मानिस तानाशाही सोचबाट प्रेरित छ, उ बेइमान छ र लोकतन्त्रको पक्षमा छैन भन्ने देखिन्छ ।

तानाशाही ब्यवस्था कार्यकर्तामा रहेको बहुमत नै जनतामा भएको बहुमत हुन्छ । जनताले थाहा नै नपाएर नै कार्यकर्ताको कब्जाको आधारमा विचार लाद्ने काम हुन्छ । जतिसुकै गल्ती भए पनि मुख्य नेताले आफ्ना विरोधिलाई परस्त गर्न आफ्ना ‘हनुमान’हरूको जत्था बनाउँछ । उसका हातमा सेनाको पकड भएपछि उ जनताबाट अनुमोदित नभएर पनि जनप्रिय कहलाउँछ । रुमानियाका चाउचेस्कु र चीनका माओ त्यसका उदाहरण हुन् । चीनमा माओले तेङ र अहिलेका राष्ट्रपतिका पितालाई पनि धेरै दुःख दिए । सेनामा पकड भएको र हनुमानहरूलाई हैसियत दिन नभ्याएको वा नसकेकोले उनी जीवनपर्यन्त नेता बने तर जब उनी मरे उनको विचारलाई चीनले त्याग्यो । लोकतन्त्रमा त्यस्तो हुँदैन र नहुनु पर्दछ ।

गलत विचार प्रवाहित भएमा दललाई नै घाटा हुन्छ । नेताले जनतामा आमचुनावमा आफ्नो दललाई जिताउन नसकेमा उसको परीक्षा सकियोे र हार भयो भन्ने स्वीकार गर्नु पर्दछ । अन्यथा उसँगै दल पनि सक्रिय राजनीतिक परिवेशमा कमजोर हुँदै जान्छ । दलका असल कार्यकर्ता र समर्थकहरूले यो बुझ्नु पर्दछ । जनता लोकतन्त्रको नाममा सधैं गलतको पछि लाग्दैनन् ।