आईपीएल खेल्न ट्रिनडाड एण्ड टोबागोबाट सन्दीप सोझै यूएईतर्फ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ लागेका छन् । क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर उनी शनिबार (२७ भदौ) यूएईतर्फ लागेका हुन् ।

ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्किकनै सन्दीप सोझै युएईतर्फ लागेका उनका ब्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । आईपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ लागेका छन् ।

यस वर्षको आईपीएल कोरोना भाइरसको महामारीका कारण भारतमा नभइ युएईमा हुँदै छ ।

सन्दीपले लगातार तेस्रो वर्ष दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न लागेका हुन् । आईपीएल आगामी असोज ३ गतेदेखि सुरु हुँदै छ ।

सन्दीपसम्मिलित दिल्ली क्यापिटल्सको पहिलो खेल असोज ४ गते किंग्स इलाभेन पञ्जावसित हुनेछ । उहाँलाई दिल्ली क्यापिटल्सले रु ३२ लाखमा अनुबन्ध गरेको हो ।

सन्दीप सिपिएल खेल्न गत साउन १५ गते ट्रिनिडाड एन्ड टोबागो गएका थिए । नियमित उडान बन्द भएको अवस्थामा उनी कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो गएका थिए । यस वर्षको सिपिएलका लागि जमैका तलावाजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । उनले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् ।



सन्दीपको किफायती बलिङको मद्दतमा जमैका सेमिफाइनलसम्म पुगेको थियो । सीपीएलमा सन्दीपले ११ खेलमा १२ विकेट लिएका थिए भने उनी सीपीएलमा सर्वाधिक विकेट लिनेको सूचीमा छैटौँ स्थानमा रहे ।

प्रतिक्रिया