९ मंसिर २०७७, मंगलवार

कागेश्वरी मनोहरा भर्चुअल पुम्से ओक्टुबरमा

  प्रकाशित मिति
२६ भाद्र २०७७, शुक्रबार १२:४४


कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति र मुलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिता ओक्टोबर १२ तारिखदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष एवं प्रतियोगिता संयोजक रामप्रसाद पुडासैनीले जनाएका छन् । सबै स्पर्धामा नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

‘मोस्ट पपुलर प्लेयर’ लाई नगद ५ हजारसहित पुरस्कृत गरिने छ । यो विधाको चयन गर्न हरेक खेलाडीको भिडियोलाई यु ट्युबमा राखिने छ । ति मध्ये सर्वाधिक हेरिएको खेलाडीको भिडियोलाई ‘मोस्ट पपुलर प्लेयर’ अवार्ड प्रदान गरिने छ ।

कागेश्वरी मनोहरा नगरपालिका र युनिटी तेक्वान्दो डोजाङ, हङकङको प्रायोजनमा हुन लागेको प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले अक्टोबर ५ तारिखसम्म नाम दर्ता गराइसक्नु पर्ने छ । नाम दर्ता गराएका खेलाडीले अक्टोबर ७ देखि ८ तारिखसम्म आफ्नो खेलको भिडियो आयोजकलाई पठाउनु पर्ने छ ।

भिडियो बढीमा ९० सेकेन्डको मात्र हुनुपर्ने छ । दुईदिने प्रतियोगिता सञ्चालन गर्न अशोक खड्का, विक्रम खड्गी, मीन न्यौपाने, नोर्बु लामा र हीराबहादुर थापालाई निर्णायकमा चयन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडी काठमाडौँ आइपुगेका छन् । बुधबारदेखि शुरु हुने बन्द प्रशिक्षणमा सहभागी हुन २२ खेलाडी यहाँ आइपुगेका

इन्डियन प्रीमियर लीग (आईपीएल) २०२० को १३औँ संस्करण हालै संयुक्त अरब इमिरेटमा सम्पन्न भएको छ । कोरोनाको महामारीका कारण यो

रुसका डेनिल मदवेदेवले आफ्नो खेल जीवनकै सबैभन्दा ठूलो उपाधि जितेका छन् । एपीटी फाइनलमा विश्व वरियताका तेस्रो स्थानमा रहेका मदवेदेवले

विश्वको चर्चित ‘केवन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा नेपाली युवा खेलाडी अविरल घिमिरेले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालका