अमेरिकी ओपनको महिला फाइनलमा ओशाका र विक्टोरिया

अमेरिकी ओपनको महिला फाइनलमा ओशाका र विक्टोरिया


अमेरिकी ओपन २०२० को महिलातर्फ जापानकी नाओमी ओशाका र बेलारुसकी विक्टोरिया अजारेन्का फाइनलमा प्रवेश गरेका छन् ।
दुई पटककी ग्य्राण्डस्लैम च्याम्पियन ओशाकाले सेमिफाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्रैडीलाई तीन सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेकी हुन् । ओशाकाले ब्रैडीलाई ७–६, ३–६ र ६–३ सेटको अन्तरमा पराजित गरेकी हुन् ।

त्यस्तै पूर्व नम्बर एक खेलाडी विक्टोरियाले अर्की पूर्व नम्बर एक तथा हाल बरियता क्रममा तेस्रो स्थानमा रहेकी सेरेना विलियम्सलाई संघर्षमय खेलमा तीन सेटमा पराजित गरेर फाइनलमा प्रवेश गरेकी हुन् । विक्टोरियाले सेरेनालाई १–६, ६–३ र ६–३ सेटको अन्तरमा पराजित गरेकी हुन् ।

अब चौथो वरियता प्राप्त ओशाका र विक्टोरियाको बीचमा फाइनल खेल हुनेछ । अजारेन्का २०१३ पछि पहिलो पटक ग्य्राण्डस्लैमको फाइनलमा पुगेकी हुन् । ओशाका तीन सालको अन्तरमा दोश्रो पटक अमेरिकी ओपनको फाइनलमा पुगेकी हुन् । ओशाकाले २०१८ को अमेरिकी ओपनको फाइनलमा सेरेना विलियम्सलाई पराजित गरेर पहिलो पटक च्याम्पियन बनेकी थिइन् ।