पत्रकार देवता हैनन् !

पत्रकार देवता हैनन् !


■ डिल्ली अम्माई

पत्रकारको नित्य कर्म भनेको सूचना खोज्नु, प्रशोधन गर्नु र त्यसलाई सामाजिक हितको लागि प्रक्षेपण गर्नु हो । पत्रकार समाजको भविष्यवक्ता नभएर सूचनाको माध्यम मात्र हो । उसले जारी गरेका सूचनाले समाजको हित गर्छ भन्ने उसलाई लाग्यो भने न्युज हाउसमा दिन्छ, सम्पादकले अनुमोदन गऱ्यो भने प्रकाशित हुन्छ । उसलाई महत्वपुर्ण लागेको कुरा सम्पादकलाई नलाग्न पनि सक्छ र त्यो न्युज कन्टेनरमा फ्याँकिन पनि सक्छ । रिपोर्टरले सामान्यतया त्यसमा प्रश्न सोध्न पाउँदैन ।

त्यो समाचारले कुनै निश्चित समूह वा पहिचानवाला समुदायको मनोदशामा प्रतिकुल पार्ने सम्पादकलाई लाग्यो भने न्युज प्रकाशित हुन रोकिन्छ । त्यसलाई सम्पादकको सेन्सर त नभनौँ सम्पादकको विवेकपूर्ण छनौट भन्न सकिएला । त्यो अधिकार सम्पादकलाई छ । सम्वाददाता, प्रकाशक वा सम्पादकहरूले समुदायको लागि पस्किएका सूचनाको विवेकपूर्ण चुनाव आफै गर्दछन् तर यो ठिक या बेठिक भनेर निर्णय सुनाउँदैनन् । पत्रकारहरूले दिएको सूचना समुदायबाटै लिन्छन्, फिल्टर गर्छन् र समुदायको सहज पहुँचको लागि सार्वजनिक गर्छन् । प्रशोधनमा चाहिने तथ्यगत सूचना मात्र रहन्छ अरु फ्याँकिन्छ । यो धर्ति, खगोल र ब्रमाण्ड अथाह घटना र तथ्यहरूको भण्डार हो । प्राकृतिक घटना र त्यसका असर एक व्यापारीको लागि के काम ? खगोल विज्ञानका जटिल तथ्यहरूको एक किसानलाई के काम ? सूचना जो जसलाई पुऱ्याउनु पर्ने हो त्यसलाई सम्बन्धित पक्षसम्म पुऱ्याउने काम पत्रकारको हो । उसले तथ्यको धरातलमा टेकेर सही सूचना मात्र सम्प्रेषण गर्दछ र अफवाहलाई बिलौनी झैँ थिग्राएर फ्याँकिदिन्छ ।

कतिपय सूचनाका बबण्डरहरूका कारण ठुला–ठुला हिँसा भएका हुन्छन् । समाचारको अविवेकी प्रशारणले मानिस जातीय वा धार्मिक दङ्गा र कतिपय अवस्थामा गृहयुद्ध समेत हुन सक्ने सम्भावना रहन्छ । त्यसैले सूचनाको संकलन र प्रशोधन गर्ने पत्रकार सामाजिक मूल्य–मान्यताहरूको सम्मान गर्ने, सबैका स्वतन्त्र मूल्यको पक्षपाती र विवेकी हुनु जरुरी छ । किनकि, पत्रकारको सामाजिक अधिकार नागरिक अधिकार भन्दा टाढा हुँदैन । एक पत्रकार सूचनाको माध्यम र सोझो रूपमा भन्दा समाजको हुलाकी वा सेवक हो । उसले दिएको सूचनाको मूल्यस्वरुप समुदायले पत्रकारलाई आफ्नो परिवारभित्र स्थान दिएको हुन्छ । राज्यले उसको सेवाको मूल्य चौथो अङ्गको सम्मानले विभुषित गरेको हुन्छ । अतः एक पत्रकार पुरानो जमानाको कटुवालजस्तै समुदायको विवेकशील नोकर हो भन्दा आत्युक्ति नहोला ।

समाजमा पत्रकार र जनसमुदायका बीच अन्योन्याश्रित सम्बन्ध आवश्यक हुँदाहुँदै पनि बेलाबेलामा अन्तरविरोधसमेत पैदा भइरहन्छन् । तर सबै अन्तरविरोधहरूको समाधान गर्न सकिन्छ ? समुदायका आस्थालाई आधार मान्दै सापेक्ष सत्यबारे बहस पनि भइरहन्छ । त्यस्ता बहसहरूमा व्याक्तिका हितहरू बाझिन्छन् । अन्तरविरोध हल गर्ने विधिको अज्ञानताले टकराव उत्पन्न हुन्छन् । त्यसमा समुदायको हित प्रधान मानेर निर्णय गर्दै गयौँ भने अन्तरविरोधले रुपान्तरणमा फड्को मार्छ । अन्यथा पत्रकार र समुदायबीच टकरावको स्थिति उत्पन्न हुन्छ र जसको लागि सेवा गर्दै आएको हो उनीहरूकै बहिष्करणमा पर्ने खतरा पैदा हुन सक्छ । त्यसैले समुदाय र पत्रकारिताबीचका विश्वासका सेतुहरूको सम्वेदनशीलतालाई एक होसियार र विवेकशील पत्रकारले हेक्का राख्नै पर्दछ । जस्तो कि–

जीवन संघर्षमा गल्ती नगर्ने मानिस हुनै सक्दैन । त्यसैले गल्तीबाट रुने, चिच्याउने, गल्ती देखाइदिनेहरूप्रति प्रतिशोधपूर्ण रुपमा प्रस्तुत हुने मान्छेले पत्रकारिता छोड्दा हुन्छ । पत्रकार समुदायको सेवक हो भने उसले आफ्ना मालिकरूपी आममानिससँग नतमस्तक हुन सिक्नुपर्छ ।

१) एक विवेकी पत्रकारले समाजको चरित्रका बहुआयामिक सम्वेदनशीलताहरूलाई सारमा बुझेको हुनुपर्छ । समाजको स्वरुप जस्तै समुदायभित्रका सूचनाहरूका ट्युनिङ समेत बहुआयामिक हुन्छन् । जसको हेक्का नराख्ने हो भने हाम्रा कलम समुदायको हितमा भन्दा अन्यत्र बहकिन थाल्दछन् ।

२) हजारौँ सूचनाहरूको थुप्रोबाट आफ्नो समुदाय वा मानवहितको लागि कुन सूचना महत्वपुर्ण छ, त्यो मात्रै समुदायलाई दिनु पर्दछ । तर त्यसलाई छान्ने काम यस मानेमा ज्यादै कठिन छ कि सूचनाहरूको थुप्रोमा त्योभन्दा धेरै अफवाह र गलत आरोपहरू मिसिएका हुन्छन् । एक विवेकशील पत्रकारले मात्र समुदायको सूचना निचोरेर तथ्यसहित सही सूचना सम्बन्धित जनसमुदायमा फिर्ता गर्छ । त्यसैले समाचार बनाउँदा कसैलाई उछिन्ने बहानामा गलत सूचना सम्प्रेषण हुने खतराबाट बच्नु पर्दछ ।

३) कहिलेकाहीँ गल्तीमा पत्रकारहरू डरले थर्थरी हुन्छन्, यो पनि राम्रो हैन । संसारमा सबैभन्दा धेरै गल्तीबाट सिक्ने पेशा भनेकै पत्रकारिता हो । त्यसैले गल्तीलाई सिक्ने कला र गल्तीको आधारस्वरुप जनसमुदायलाई गुरु मानियो भने हाम्रो गम्भीर गल्तीमा पनि माफी पाइन्छ । पत्रकारले सिक्ने गल्ती, अनुभव र प्रशिक्षणबाट हो । सबैभन्दा बढी सिक्ने अन्जान गल्तीबाट हो । त्यस्ता गल्तीले जनसमुदायसँगको सम्बन्धमा दरार पर्दैन, बरु सम्बन्ध अझै कस्छ । सूचनाको छनौटलाई भरपर्दो बनाउँछ र तथ्यहरूलाई परख गर्ने कलाको विकास गर्दछ । त्यसैले गल्ती गर्ने पत्रकारको लागि गल्ती गुरु बन्दछ भने हजारौँ सिकारु पत्रकारहरूको लागि गल्ती गर्ने पत्रकार गुरु समान हुन्छ । उसको एक गल्तीबाट हजारौँ पत्रकार, सूचना सम्वाहक र नागरिकहरूले समेत सिक्ने मौका पाउँछन् ।

४) कसैले गरेका गल्तीलाई उचालिरहनु आत्मघातीसमेत हुन्छ । गल्ती भनेको सिक्ने प्रक्रियाको एक छोटो प्रशिक्षण जस्तै हो । जसले अरुको गल्तीमा गाली गर्दछ, समुदायमा उसका झन् धेरै गल्तीहरू भेटिन्छन् । जीवन संघर्षमा गल्ती नगर्ने मानिस हुनै सक्दैन । त्यसैले गल्तीबाट रुने, चिच्याउने, गल्ती देखाइदिनेहरूप्रति प्रतिशोधपूर्ण रुपमा प्रस्तुत हुने मान्छेले पत्रकारिता छोड्दा हुन्छ । पत्रकार समुदायको सेवक हो भने उसले आफ्ना मालिकरूपी आममानिससँग नतमस्तक हुन सिक्नुपर्छ । समुदायको संवेदनशीलता र गल्तीको प्रकृति हेरेर एक पत्रकारले आफ्नो गल्ती सच्याउन अबेर गर्नु हुँदैन । सेवकले सेवाको मूल्य आफ्नो गल्तीको खियाभित्र खोज्नु अत्यन्त हानिकारक हुन्छ । त्यसैले गल्ती गर्नु अपराध हैन, त्यसलाई महसुस नगर्नु, सिक्न नखोज्नु र समुदायसँगको आफ्नो अन्तरविरोधलाई शत्रुतापुर्ण बनाउन खोज्नु अपराध हो ।

भनिन्छ, मान्छे गल्तीबाट संयोगले जन्मन्छ र गम्भीर गल्तीको कारणबाटै मर्दछ । मृत्युपछि आफ्ना पुराना गल्तीहरूबारे पश्चाताप गर्ने कुरा पनि बाँकी रहँदैन । त्यसैले आफ्ना गल्तीबारे सेवाग्राहीलाई बताउने आफू जीवित छँदै हो । यो पङ्क्तिकारले गल्तीमा मागेको क्षमाबारे कहिल्यै पश्चाताप गरेन । बरु आदरणीयजनहरूबाट निःशर्त माफी पाएकोमा आभारी भैरह्यो ।

युटुबरहरूलाई ‘सञ्चारकर्मी’ मात्रै किन भनिएको हो भने उनीहरूले सूचनाका तथ्य, त्यो सूचनाले समाजमा पार्ने असर र सूचना सन्तुलनको सामान्यज्ञानलाई हेक्का राख्दैनन् । उनीहरूले संकलित सूचनाको ब्यापारलाई मात्रै ध्यान दिएका हुन्छन् । विषयवस्तु गम्भीर र समाज उपयोगी हुँदाहुँदै पनि भाइरल बनाउन नसकिने भयले त्यस्ता सूचना युटुबरको रोजाइमा पर्दैनन् ।

५) समुदायको हकमा पनि एउटा कुरा भन्नुपर्ने हुन्छ कि थोरै तथ्य र धेरै कथ्यको बीचबाट सूचना प्रशोधन गर्ने सञ्चारकर्मी समुदायकै हितमा सबैभन्दा जोखिम मोल्ने सेवकहरू हुन् । उनीहरूले अफवाह र भ्रमको चाङबाट तथ्यगत सूचनाहरू प्रशोधन गरिरहनु पर्ने भएकोले गल्तीहरू धेरै हुन सक्ने सम्भावना रहन्छ । त्यो बेला समुदायले पनि ‘पत्रकारले दिएका सूचनाहरू समाजलाई सुसूचित गर्ने सन्दर्भमा नै गल्तीवश भएका हुन्’ भनेर सामान्यीकरण गर्दै जानुपर्छ ।

हामीलाई प्रशिक्षणको सिलसिलामा तात्कालिक अग्रज पत्रकार रवीन्द्र मिश्रले ‘गल्ती गर्दागर्दै सिक’ भनेको हरदम याद आइरन्छ । सायद त्यो सन् २०१२ तिरको कुरा हो ।

६) पत्रकारको आफ्नो भन्ने कलम पनि हुँदैन । उसले बोक्ने सबै भित्री–बाहिरी औजार समुदायका सम्पत्ति हुन् । एक पत्रकारले दिने सूचनादेखि हरेक समाचारहरू समुदायको हितमा हुन्छन् । सूचना सम्प्रेषण र समुदायको प्रतिक्रियालाई एक पत्रकारले आफ्नो प्रतिष्ठा वा लालसाको विषय बनाउन पाइँदैन । पत्रकारको प्रतिष्ठा समुदायको हितसँग जोडिएको हुन्छ । त्यसैले ‘म पत्रकार हुँ, मेरो उचाई समुदायभन्दा माथि हुनु पर्छ र म चर्को बोल्दा वा कलमले निर्दोषलाई पोल्दा पीडितले ऐया भन्ने अधिकार हुँदैन’ कसैले भन्दछ भने त्यसको सेवा समुदायको लागि हुँदैन ।

अन्तमा एक पत्रकारले घमण्ड र आत्मस्वाभिमानका बीच फरक छुट्याउन सक्नु पर्छ । सूचनाको गाम्भीर्यतालाई छाम्न सक्नु पर्छ । त्यसैले भनिएको होला कि पत्रकारिता भनेको माछाको मासु र काँडा छुट्ट्याएर खानु जस्तै हो । पल–पलमा जिब्रोमा काँडाले घोप्छ तर जिब्रोले आफैं यातना भोग्छ कदापि भित्र जान दिँदैन ।

पत्रकारितामा गल्ती गुरु हो, सच्चिनु सिकाई हो भने सूचनाहरूको छनौट कला हो । युटुबरहरूलाई ‘सञ्चारकर्मी’ मात्रै किन भनिएको हो भने उनीहरूले सूचनाका तथ्य, त्यो सूचनाले समाजमा पार्ने असर र सूचना सन्तुलनको सामान्यज्ञानलाई हेक्का राख्दैनन् । उनीहरूले संकलित सूचनाको ब्यापारलाई मात्रै ध्यान दिएका हुन्छन् । विषयवस्तु गम्भीर र समाज उपयोगी हुँदाहुँदै पनि भाइरल बनाउन नसकिने भयले त्यस्ता सूचना युटुबरको रोजाइमा पर्दैनन् । तर, मुलधारका पत्रकारहरू लामो अध्ययन, प्रशिक्षण र अनुभवबाट आएकोले समुदायको दीर्घकालिक हित र धर्तीका हरेक उपयोगी सूचनाहरूको तह विभाजन गरी समुदायमा सम्प्रेषण गर्दछन् ।

थोरै गल्ती र धेरै सम्मान खोज्ने ब्यक्तिले पत्रकारिता छोड्दा हुन्छ किनकि यो अपजशिया वा अवगाले पेशा हो । नागरिक हितका मुद्धाहरूमा राज्यसँग कठोर तर समुदायसँग प्रायः झुकेर गर्नुपर्ने यो पेशा गलत नियतका मानिस तथा राज्यको लागि दबाब जस्तो र समुदायको सूचना हकको त्राणको रुपमा लिने गरिन्छ । त्यही कारणले नै होला, पत्रकारहरू संसारमा सबैभन्दा असुरक्षित पेशाकर्मी मानिन्छन् ।

पत्रकारले के पनि हेक्का राख्नुपर्छ भने उसले समाजको विवेकी हुलाकी भएकोले उसले परिवेश वा प्रमाण आफैं सिर्जना गर्न पनि पाउँदैन । उदाहरणका लागि नदीमा मान्छे डुब्दै छ त्यो अवस्थामा उसले त्यो ब्यक्तिको उद्दार गर्ने कि घटनाको भिडियो बनाउने ? यहीँनेर हो पत्रकारमा विवेक चाहिने । जसले सूचनाको ब्यापारलाई महत्व दिन्छ उसले मानवताको गहिराइमा पुगेर उसको जीवनरक्षालाई महत्व दिँदैन । पत्रकार र सञ्चार व्यापारीको बाटो यहीँबाट छुट्टिन्छ ।

त्यस्तै, पत्रकारको मूल स्पिरिट निष्पक्षता र निरपेक्षताको कसीले जाँच गरिन्छ । पत्रकारले पीडक वा पीडितको पनि पक्ष लिनु हुँदैन । हामी आफैं सूचनामा वा तस्बिर राखेर समाचार बनाउँदा चिप्लियौँ भने पनि आत्तिनु पर्दैन । यदि नियतवश हैन भने समुदायका पीडितसँग क्षमा माग्दा स्वाभिमानमा हानी हुँदैन । सूचनाको गलत सम्प्रेषणले घटना भैहाल्यो भने त्यो दुःखद हुन्छ । यस्तो न्युज बनाउँदा दुवै पक्षका भनाइ समाचारमा समावेश हुनुपर्छ । पीडित र पीडक छुट्टाउने अधिकार न्यायालयलाई मात्र हुन्छ, पत्रकारलाई हुँदैन ।

अहिले कोभिड–१९ का संवेदनशील समाचारहरू समावेश भैरहेका छन् । कोरोना भाइरसका नाममा विश्व स्वास्थ्य संगठनको सिफारिशमा विश्वका विभिन्न सरकारले नागरिकका मौलिक अधिकारहरूमा रोक लगाएका छन् । अन्तराष्ट्रिय कानुन, विश्व स्वास्थ्य संगठन र पत्रकार आफैंले जारी गरेका कानुन तथा स्वनियमन आचारको सम्मान गर्नु जरुरी छ । कोरोनाको समाचारमा ब्यक्तिको अनुहार चिनिने तस्बिर त के नाम समेत राख्न पाइँदैन । अरुको वालका तस्बिरहरू सार्वजनिक नै भए पनि वालभित्रका उसका निजी सम्पत्तिमा केवल तस्बिर राख्नेको अधिकार हुन्छ । अरुले प्रयोग गर्दा लिखित अनुमति लिन जरुरी हुन्छ । यिनै प्रयोगमा व्यवसायिक पत्रकारको विवेकको परीक्षण हुन्छ । थोरै गल्ती र धेरै सम्मान खोज्ने ब्यक्तिले पत्रकारिता छोड्दा हुन्छ किनकि यो अपजशिया वा अवगाले पेशा हो । नागरिक हितका मुद्धाहरूमा राज्यसँग कठोर तर समुदायसँग प्रायः झुकेर गर्नुपर्ने यो पेशा गलत नियतका मानिस तथा राज्यको लागि दबाब जस्तो र समुदायको सूचना हकको त्राणको रुपमा लिने गरिन्छ । त्यही कारणले नै होला, पत्रकारहरू संसारमा सबैभन्दा असुरक्षित पेशाकर्मी मानिन्छन् ।

(सन्दर्भ सामग्री : Ethical Considerations for Journalists – Using Disturbing Images./Principles and guidelines for media, Handbook for Journalism Education and Training, UNESCO Series on Journalism Education)