‘अलिसासँग नाचौँ, पुरस्कार जितौँ’

‘अलिसासँग नाचौँ, पुरस्कार जितौँ’


राजन घिमिरे

ख्यातिप्राप्त नृत्याङ्गना हुन् अलिसा शर्मा । नृत्य विधामा विशेष गरेर युवा पुस्तामाझ लोकप्रिय अलिसा अब एजुकेसन एण्ड माइग्रेसन कर्नरसँग जोडिने भएकी छिन् ।

अलिसा र नयाँ पुस्ताका युवायुवतीबीचको नृत्य क्षमतालाई सामाजिक सन्जालमार्फत उजागर गर्न यतिबेला एजुकेसन एण्ड माइग्रेसन कर्नरले अलिसासँगको सहकार्यमा इएमसी टिकटिक डान्स डुयट च्यालेन्ज विथ अलिसा शुरू गर्ने भएको छ । ‘विद्यार्थीहरूले यो प्रतिस्पर्धालाई आफ्नो क्षमता र दक्षता प्रस्तुत गर्ने अवसरको रूपमा लिने कुराप्रति हामी ढुक्क छौँ’, एजुकेसन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीले जानकारी दिए ।

नृत्य प्रतिस्पर्धामा पहिले अलिसाले एउटा सजिलो नृत्य गरेर ह्यासट्याग ऐजुकेसन एण्ड माइग्रेसन कर्नर ह्यासट्याग इ एम सी डुयट च्यालेन्ज लेखेर टिकटकमा हालेर पोस्ट गर्ने छिन् । विद्यार्थीहरूले त्यही ह्यासट्याग प्रयोग गरी अलिसासँग डुयट गर्नुपर्ने छ । डुयट भिडियोमा धेरै हटको साइन पाउनेले च्यालेन्ज जित्ने जानकारी दिइएको छ ।

अलिसासँग डुयट गरिएको भिडियो धेरै सेयर गरेर धेरै भ्यूज पाउन सकिने अलिसाले बताइन् । नियमतः यो च्यालेन्जमा दुई वटा ह्यासट्याक अनिवार्य प्रयोग गर्नुपर्ने छ र, यो नियम पुरा नगर्नेले प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने छैनन् ।

बताइएअनुसार यो च्यालेन्जमा सन् २०२० सेप्टेम्बर ७ देखि २०२० अक्टोबर ६ सम्म मात्र सहभागिता जनाउनुपर्ने छ । च्यालेन्ज जित्नेले २५ हजार रुपैयाँ या ३ सय अष्ट्रेलियन डलर पुरस्कारस्वरूप प्राप्त गर्ने छन् । यो च्यालेन्जमा रोमान्चक कुरा के छ भने विजेताले अलिसासँग रियल टिकटक भिडियो पनि खेल्न पाउने छन् ।