मेनुकाको ‘नौ डाँडापारी’ बजारमा

मेनुकाको ‘नौ डाँडापारी’ बजारमा


नेपाली गीत-संगीतमा सक्रिय गायिका मेनुका राईको लोक–आधुनिक गीत ‘नौ डाँडापारी’ बजारमा आएको छ ।

धन कमाउने सपना बोकेर विदेश गएको आफ्नो प्राण प्यारो परिवारलाई केही समय साथ छोड्नुपर्दाको पीडालाई गीतमा समावेश गरिएको छ ।

अम्बर सुब्बाको शब्द सिर्जना, गिरिराज निरौलाको संगीत तथा राजु कार्कीको एरेन्ज समावेश भएको यस गीतमा भावनात्मक रुपमा प्रेमी–प्रेमीका बीचको माया र स्नेहलाई निकै कलात्मक र रचनात्मक शैलीमा गीतकार प्रस्तुत भएको छन् ।

समीर राईको छायांकन, नरोत्तम पाण्डेको सम्पादन तथा प्रियजन राईको निर्देशन भिडियोमा रहेको छ । गीतमा गायिका स्वयम् मेनुकाको अभिनय देख्न सकिन्छ ।

गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस्-