एउटै वडामा ५ घण्टाबीच १५ जनालाई सर्पले टोकेपछि…

महोत्तरीमा एउटै वडामा १६ जनालाई विषालु सर्पले टोकेपछि स्थानीयवासी त्रसित भएका छन् ।

महोत्तरीको भङ्गहा नगरपालिका–५ राजपुरमा बिही र शुक्रबार गरी १६ जनालाई र शुक्रबार पाँच घण्टाकै अन्तरालमा १५ जनालाई सर्पले टोकेपछि स्थानीवासी त्रसित भएका हुन् ।

धानखेतमा काम गरिरहेका बेला गत बिहीबार ४५ वर्षीया जैमुन खातुनलाई विषालु सर्पले टोकेपछि उनको मृत्यु भएको थियो ।

यसपछि शुक्रबार साँझ ५ बजेदेखि राति १० बजेसम्ममा थप १५ जनालाई एउटै सर्पले टोकेको भन्दै अहिले सो गाउँभरि त्रास फैलिएको भङ्गहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले जानकारी गराएका छन् । अहिले त्यहाँका स्थानीयवासी आ–आफ्नै घरमा सतर्क भएर बसिरहेका छन् । उनीहरु घरबाट निस्कन छाडेको वडाध्यक्ष शिवकुमार महतो बताउँछन् ।

शुक्रबार सात मुस्लिम महिला र एक सरदार पुरुषलाई सर्पले टोकेको भन्दै सर्पदंश उपचार केन्द्र बर्दिबासमा भर्ना गराइ उपचार भइरहेको छ भने अन्य सात जनाको स्थानीयस्तरमा उपचार भइरहेको जनाइएको छ ।



नगरप्रमुख साहले बर्दिबास र स्थानीयस्तरमा उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

प्रतिक्रिया