कोरोनाका कारण कपिलवस्तुमा थप एकको मृत्यु

कोरोनाका कारण कपिलवस्तुमा थप एकको मृत्यु


कपिलवस्तुमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मायादेवी गाँउपालिका वडा नं. ७ का ४२ वर्षीय रामकुमार चौधरी रहेका स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए ।

बताइएअनुसार बिरामी परेपछि यही साउन २८ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटलमा उपचार गराउन रामकुमार आफै गएका थिए । उपचारको क्रममा त्यहीँ उनको मृत्यु भएको हो ।

यसअघि कपिलबस्तु नगरपालिकाका बुटवल कोरोना अस्पतालमा ४२ वर्षीय व्यक्तिको मृत्यु भएको थियो ।