लागुऔषध कारोबारमा संलग्न व्यक्ति पक्राउ

लागुऔषध कारोबारमा संलग्न व्यक्ति पक्राउ


आरपी उपाध्याय, नवलपरासी

सशस्त्र प्रहरी बल अस्थायी पोष्ट भैरवपुर पश्चिम नवलपरासीले ठूलो परिमाणमा लागुऔषधसहित ओसारपसार गर्ने एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

सीमापार भारतको रेङहिया बजारबाट नेपालको बसहियातर्फ ल्याउँदै गरेको एस्पामो ४३२ क्याप्सुल, ओजेरा १९ सिसीसहित ठूलो खैरतवानिवासी ३५ वर्षीय दाहारीपुष्पा कुशवाहालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल २६ नं. गणका प्रवक्ता रोशन घिमिरेले जानकारी दिए ।

लागुऔषध ओसारपोसार गर्ने कुसवाहा र बरामद लागूऔषधलाई थप कानूनी कारवाही गर्न इलाका प्रहरी बेलातारी पठाइएको छ । नेपाल–भारत अन्तर्राष्ट्रिय सीमानामा लागुऔषध ओसारपोसार गर्ने गिरोह सक्रिय हुँदै गर्दा भैरवपुरबाट अवैधकर्मीसहित लागुऔषध नियन्त्रणमा लिएको पहिलोपटक भएको बताइएको छ । पश्चिम नवलपरासीको दक्षिणतर्फ रहेको अन्य नाकाबाट अवैधकर्मीहरुको चलखेल हुनु तर तिनिहरु अझै अदृश्य रहनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।