नेपालमा कोरोना संक्रमितको कुल संख्या २५,५५१

नेपालमा कोरोना संक्रमितको कुल संख्या २५,५५१


नेपालमा शुक्रबार (३० साउन) थप ५ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको छ भने देशभर १४ हजार ६ सय ३८ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौंका ८३ जना, ललितपुरका ३० जना र भक्तपुरका ६ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा भक्तपुरका ३, काठमाडौंका २३ तथा ललितपुरका एक जना, पाटन अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका एक, काठमाडौँका ४ तथा ललितपुरका २६ जना, वी एण्ड वी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौका एक जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका १६ तथा ललितपुरका ३ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ३ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका १३ जना, स्टार अस्पताल सानेपामा गरिएको परिक्षणमा भक्तपुरका २ तथा काठमाडौंका ६ जना, ह्याम्स अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका १० जना र नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ७ जनामा संक्रमण पुष्टि भएको हो।