सिन्धुपाल्चोकको जुगलमा भीषण पहिरो, लिदी गाउँका २० भन्दा धेरै घर पुरियो

सिन्धुपाल्चोकको जुगलमा भीषण पहिरो, लिदी गाउँका २० भन्दा धेरै घर पुरियो


अविरल वर्षाको कारण सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा आज (३० साउन) बिहान ६ बजे भीषण पहिरो गएको छ । लिदी गाउँका २० भन्दा ज्यादा घर पुरिएको र थप केही घर जोखिममा रहेको बताइएको छ ।

लामाहरुको बसोबास रहेको गाउँ पहिरोले पुरिँदा १३ वटा घरमा पूरै क्षति भएको र १५ जना घाइतेहरु पुरिएको स्थानबाट आफैं निस्किएको गाउँपालिका उपाध्यक्ष श्रीजना तामाङले जानकारी गराएकी छन् ।

उद्धार गर्न जान सक्ने अवस्था नरहेको, पुरिएका पाँच घरका सबै सम्पर्कविहीन रहेको र कति जना पुरिए भन्ने अझै खुल्न बाँकी रहेको स्थानीय आशबहादुर तामाङलाई उद्धृत गर्दै राससले जानकारी दिएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घटनास्थलमा सेना र प्रहरीलाई पठाएको जानकारी दिएका छन् ।