जानकी माविको चार कोठे पक्की भवन बन्ने

जानकी माविको चार कोठे पक्की भवन बन्ने


पोखरा महानगरपालिका–१७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयको चारकोठे पक्की भवन निर्माण गरिने भएको छ ।

नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) को ७४ लाख ३५ हजार रुपैयाँको लागतमा सो भवन निर्माण गरिने भएको हो ।

गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले बिहीबार एक समारोहका बीच सो भवनको शिलान्यास गर्दै सामुदायिक विद्यालयको भौतिक निर्माणसँगै शैक्षिक गुणस्तरतामा जोड दिनुपर्ने आवश्यकता औंल्याए ।

‘गुणस्तरीय शिक्षा समृद्ध नेपाल सुखी नेपाली अभियानको पहिलो आधार हो’ उनले भने– ‘गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक एवम् विद्यार्थीको सामूहिक प्रयास आवश्यक छ ।’ यस्तै, जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले गुणस्तरीय निर्माणसंगै पारदर्शिताको खाँचो औंल्याए ।

भुकम्पपश्चात कास्की जिल्लामा शिक्षातर्पm दुई अर्ब रुपैयाँभन्दा बढी लगानी भएको जानकारी दिँदै उनले भौतिक निर्माणसंगै विद्यार्थीको आकर्षण बढाउन शिक्षक वर्गको महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम भण्डारीको अध्यक्षतामा कार्यक्रम आयोजना भएको थियो ।