कोरोनाको संक्रमणबाट समाजसेवी गिरीको निधन

कोरोनाको संक्रमणबाट समाजसेवी गिरीको निधन


कोरोना भाइरसको संक्रमणबाट जनकपुरका समाजसेवी कृष्ण गिरीको निधन भएको छ । गिरीको निधनको खबरले जनकपुरमा शोक छाएको छ ।

कोरोना सङ्क्रमण देखिएपछि यही साउन ५ गते विमान चार्टर गरेर काठमाडौं ल्याई गिरीलाई राजधानीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको ७३ वर्षको उमेरमा मंगलबार राथि (२७ साउन) निधन भएको परिवारले जनाएको छ ।

दिवंगत गिरीका श्रीमती र दुई छोरा छन् ।

नेपाल परिवार नियोजन सङ्घ धनुषाको संस्थापक अध्यक्ष हुनुका साथै लगातार २५ वर्षसम्म अध्यक्ष भएर सफलतापूर्वक भूमिका निर्वाह गरेका गिरी सो संस्थाको केन्द्रीय उपाध्यक्षसमेत भइसकेका व्यक्ति थिए । वसं २०४४ देखि २०४६ सम्म जनकपुर नगरपालिकाका मेयर रहेका उनी नेपालमा पुनः प्रजातन्त्र स्थापना भएपछि नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका थिए ।

नेपाली कांग्रेस धनुषाको महासमिति सदस्य रहेका गिरी जनकपुरस्थित रामा होटलका सञ्चालक हुन् । जनकपुरका साथै धनुषा जिल्ला समाजसेवाको क्षेत्रमा उनको महत्वपूर्ण योगदान रहेको छ ।