नेपालमा हालसम्म कोरोनाका कारण ९१ जनाले ज्यान गुमाए

नेपालमा हालसम्म कोरोनाका कारण ९१ जनाले ज्यान गुमाए


नेपालमा पछिल्लो चरणमा कोरोना महामारीको संक्रमण त्रास उत्पन्न गराउने गरी बढिरहेको छ । यस क्रममा पछिल्लो २४ घण्टामा (बुधबार २८ साउन) थप ४ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २४,४३२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानगारी गराएअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र थप १३८ जनामा स‌ंक्रमण पुष्टि भएको छ, जसमध्ये काठमाडौका १०९, ललितपुरका २१ र भक्तपुरका ८ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयक अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका १० जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भक्तपुरका १ जना, काठमाडौंका २९ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जना, काठमाडौंका ११ जना र ललितपुरका १४ जनामा कोरोना पुष्टि भएको हो । यस्तै, वीर अस्पतालमा गरिएको परीक्षणमा गरिएको परीक्षणमा भक्तपुरका २ जना र काठमाडौंका २ जना, त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एक जना र काठमाडौंका ११ जना र ललितपुरका १ जना र नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जना, काठमाडौंका २२ जना र ललितपुरका २ जनामा कोरोना संक्रमण देखिएको छ।

विध ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना र ललितपुरका २ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा भक्तपुरका १ जना, काठमाडौंका ९ जना र ललितपुरका २ जना, ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ८ जना र भक्तपुरका १ जना र वीरेन्द्र अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

यसैगरी, कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा देशभर ८ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा मात्र पाँच जनाको ज्यान गएको बताइएको छ।

बताइएअनुसार टेकुकी ७८ वर्षीया महिलाको बुधबार बिहानै किस्ट हस्पिटलमा, धनुषाको जनकपुर उपमहानगरपालिकाका ७१ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा, जनकपुर उपमहानगरपालिकाकै ३८ वर्षीया महिलाको पाटन अस्पतालमा, बाराको कलैया उपमहानगरपालिकाका ७५ वर्षीय पुरुषको किस्ट अस्पतालमा र मोरङको बुढिगंगा नगरपालिकाका ५५ वर्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

यस्तै, सप्तरीको डाक्रेश्वरी नगरपालिकाका ७२ वर्षीया महिला र कपिलबस्तु नगरपालिकाका ४२ वर्षीय पुरुषको पनि पछिल्लो २४ घण्टामा ज्यान गएको मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा हालसम्म कोरोना कारण ९१ जनाको ज्यान गइसकेको छ ।