कोरोनाका कारण ‘मुलुकी ऐन तथा राष्ट्रिय सामाजिक एकता दिवस’ यस वर्ष स्थगित

कोरोनाका कारण ‘मुलुकी ऐन तथा राष्ट्रिय सामाजिक एकता दिवस’ यस वर्ष स्थगित


नेपाल जनविकास समाजसेवा सङ्घ नामक संस्थाले हरेक वर्ष भदौ १ का दिन भव्यताका साथ मनाउँदै आएको मुलुकी ऐन तथा राष्ट्रिय सामाजिक एकता दिवस यस वर्ष कुनै औपचारिक समारोह आयोजना नगरी मनाइने भएको छ ।

कोरोना भाइरसको महामारीका कारण उत्पन्न असहज परिस्थितिका कारण यस वर्षको ‘५८औँ मुलुकी ऐन तथा राष्ट्रिय सामाजिक एकता दिवस’को औपचारिक कार्यक्रम स्थगित गरिएको उक्त सङ्घका अध्यक्ष सुभद्रा विश्वकर्माले जानकारी दिनुभयो ।

वि.सं. २०२० भदौ १ गतेका दिन तत्कालीक राजा महेन्द्रले नेपालमा छुवाछुत तथा भेदभाव अन्त्य भएको कुरा कानुन बनाएरै घोषणा गरेका थिए । राजा महेन्द्रको उक्त कदमले जातीय विभेद तथा छुवाछुतविरुद्धको जागरणमा ठूलो योगदान पुगेको थियो ।

हाल यससम्बन्धी जति पनि कानुनी तथा व्यवहारिक सुधारका काम भएका छन्, राजनीतिक दलका नेताहरूले जति नै घमण्ड गरे पनि राजा महेन्द्रकै कदमको जगमा टेकेर नै उनीहरूले छुवाछुत र जातीय विभेदविरुद्ध केही गर्न सकेका हुन् भन्ने दाबी गर्नुहुन्छ सुभद्रा विश्वकर्मा ।