धादिङमा भदौ ३ गतेसम्म निषेधाज्ञा

धादिङमा भदौ ३ गतेसम्म निषेधाज्ञा


विकास रौनियार, धादिङ

धादिङ जिल्लामा कोरोना संक्रमितको संख्या दिन दिनै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय धादिङ ले भदौ ३ गते सम्मको लागि निशेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बुधबार बिहान बसेको सरोकालवालहरुको बैठकले जिल्लामा होटल संचालक, प्रहरी प्रमुख, रेडक्रस कर्मचारीसमेतलाई कोराना भाइरसको संक्रमण पोजेटिभि देखिएपछि रोकथामको लागि कालुपाण्डे राजमार्गको फुर्केखोलादेखि धादिङबेसी दायाँबायाँ र नीलकण्ठ नगरपालिकाको वडा नं. २, ३, ४, ७, ८, १२ र १४ का क्षेत्रहरुमा आज (बुधबार २८ साउन) राति १२ बजे देखि लागु हुने गरी भाद्र ३ गते सम्म निषेधाज्ञा जारी गरेको हो ।

स्थानीय प्रसासन ऐन २०२८ को ६ (३) र संक्रमण रोग ऐन २०२० अनुरुप निशेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।