अब भ्रममुक्त हुने कि प्रचण्ड ?

अब भ्रममुक्त हुने कि प्रचण्ड ?


■ देवप्रकाश त्रिपाठी

सुराकी गरेको आरोपमा मान्छे काटिन्थे, चन्दा नदिएको ‘अपराध’मा मानिसका गर्धन रेटिन्थे, राज्यले प्रचलित कानूनबमोजिम कर्तव्यमा खटाइएका निर्दोष सुरक्षाकर्मी बम र बन्दुकका निसाना बनाइन्थे र यो सब काम प्रचण्डको नेतृत्व र निर्देशनमा भइरहेको प्रचार हुन्थ्यो । एउटा वक्तव्य जारी गरेर यस प्रकारका हिंसात्मक एवम् अमानवीय घटनाहरूको सगौरब जिम्मेवारी लिने काम प्रचण्डबाट हुने गथ्र्यो । खेतमा लगाइरहेका बालि लुटिन्थे, कसैको जमिनमा राता झण्डा टाँगेर कब्जा गरिन्थ्यो र गैह्रकानूनी लालपूर्जा बाँडेर स्वामित्व परिवर्तन गरिएको घोषणा हुन्थ्यो, बैंकहरूबाट करोडौँ करोडका सुनचाँदी तथा नगद लुटिन्थे, कारखानाबाट कपडा, खाद्यान्न र अन्य उत्पादन खोसिन्थे अनि प्रचण्डको नाममा एक त्यान्द्रो वक्तव्य जारी गर्दै ‘उक्त महान कार्य आफूहरूबाट भएको’ बताइन्थ्यो । देवी–देवताका मूर्ति तोडिन्थे, मन्दिर भत्काइन्थ्यो, आगो लगाइन्थ्यो, बस्तीका बीचमा चर्च खडा गरिन्थ्यो, गोवध गरेर भोज लगाइन्थ्यो, सप्ताह र पुराण लगाएकोमा दोषी ठहर गर्दै पण्डित तथा पूजारी मारिन्थे, प्रचण्ड–बाबुरामहरू यिनै कुकार्यलाई समाज सुधारको संज्ञा दिन्थे, हामी चुपचाप सुन्थ्यौँ, सहन्थ्यौँ ।

वि.सं. २०५२ मा प्रचण्ड–बाबुरामलाई शिखण्डी बनाएर कुन्नि कुन–कुन तत्वले नेपालको बहुदलीय संसदीय प्रजातान्त्रिक प्रणालीविरुद्ध हिंसात्मक अभियान शुरु गर्दा हामीले त्यसको गहिराइ बुझेका थिएनौँ । उनीहरू मुलुकको मौलिक धर्म, संस्कृति, संस्कार, परम्परा र ऐतिहासिक एवम् सामाजिक मूल्य–मान्यताविरुद्ध हिंसात्मक विध्वङ्स मच्चाउँदै थिए, शीर्षक राखिएको थियो– जनयुद्ध ।

जनयुद्ध शीर्षकमा जनता मार्ने, प्रजातन्त्रको विस्थापन गर्ने र राष्ट्रियताका सम्पूर्ण आधार ध्वस्त बनाउँदै राष्ट्रिय एकता तोडफोड गर्ने जे–जस्ता कार्य प्रचण्ड–बाबुरामबाट भएका थिए, त्यसले उनीहरूलाई ‘निमित्त’ बनाएर शुरु गरिएको हिंसात्मक अभियान नेपाल र नेपाली राष्ट्रियताविरुद्ध लक्षित थियो भन्ने कालान्तरमा सजिलैसँग बुझिएको हो । आफ्ना निजी महत्वकाङ्क्षा पूरा गर्न यिनले काँध दिइरहे, नेपालविरोधीहरूले बन्दुक चलाइरहे । छिमेकी मित्रराष्ट्र भारतमा अन्तध्र्यान भएर काठमाडौंको सिंहदरबारमा प्रकट भएका प्रचण्ड–बाबुरामहरू त्यसबेलादेखि यसबेलासम्म भन्दैछन्– ‘२४० वर्ष पुरानो राजतन्त्र हामीले विस्थापित गऱ्यौँ र गणतन्त्र स्थापित गऱ्यौँ, एकीकृत सार्वभौमिकता तोडफोड गरेर सङ्घीय प्रणाली हामीले लाागु गरायौँ, जातीय तथा क्षेत्रीय एकता र सद्भाव स्थायी रूपले बिथोल्नका निम्ति जात र क्षेत्रका आधारमा आरक्षण दिइने समावेशी व्यवस्था हामीले लागु गरायौँ र, सनातन वैदिक हिन्दुराष्ट्रको पहिचान मेटेर धर्मनिरपेक्ष नेपाल हामीले बनायौँ ।’ २०६३ सालदेखि प्रचण्ड–बाबुरामहरू दोहोऱ्याइ–तेहेऱ्याइकन उल्लिखित दाबी गरेकोगऱ्यै छन् र, आम मानिसले यिनका कुरा पत्याएका पनि छन् ।

२४० वर्षदेखि जरा गाडेर बसेको राजतन्त्र विस्थापित गरी गणतन्त्र स्थापित गर्न सक्ने, एकासी प्रतिशत वैदिक हिन्दु र नौ प्रतिशत बौद्ध तथा तीन प्रतिशत किराँत सनातनी धर्मावलम्बीहरूको बसोबास रहेको धर्मसापेक्ष मुलुकलाई रातारात धर्मनिरपेक्ष बनाइदिन सक्ने, स्थापनाकालदेखि नै एकता र एकात्मकतामा रमाइरहेको मुलुकको सार्वभौमिकता विभाजित गरी देशलाई खण्ड–खण्डमा विभाजित गर्न सक्ने प्रचण्डहरूले एउटा सरकारी कर्मचारीका रूपमा रहेका सेनापति बदल्न किन सकेका थिएनन् र पशुपतिनाथको पूजारी बदल्ने सामथ्र्य किन राखेनन् भन्ने प्रश्नमा हामी कहिल्यै गम्भीर भएनौँ । क्रान्तिका नाममा नेपाललाई तहसनहस बनाएको दाबी गर्नेहरू एउटा केपी ओलीबाट कसरी कायल हुँदैछन् ? किन धरधरी रुँदैछन् ?

२४० वर्षदेखि जरा गाडेर बसेको राजतन्त्र विस्थापित गरी गणतन्त्र स्थापित गर्न सक्ने, एकासी प्रतिशत वैदिक हिन्दु र नौ प्रतिशत बौद्ध तथा तीन प्रतिशत किराँत सनातनी धर्मावलम्बीहरूको बसोबास रहेको धर्मसापेक्ष मुलुकलाई रातारात धर्मनिरपेक्ष बनाइदिन सक्ने, स्थापनाकालदेखि नै एकता र एकात्मकतामा रमाइरहेको मुलुकको सार्वभौमिकता विभाजित गरी देशलाई खण्ड–खण्डमा विभाजित गर्न सक्ने प्रचण्डहरूले एउटा सरकारी कर्मचारीका रूपमा रहेका सेनापति बदल्न किन सकेका थिएनन् र पशुपतिनाथको पूजारी बदल्ने सामथ्र्य किन राखेनन् भन्ने प्रश्नमा हामी कहिल्यै गम्भीर भएनौँ । क्रान्तिका नाममा नेपाललाई तहसनहस बनाएको दाबी गर्नेहरू एउटा केपी ओलीबाट कसरी कायल हुँदैछन् ? किन धरधरी रुँदैछन् ?

कुन दल र कुन नेताका विचार दर्शन के थिए र को कति प्रजातन्त्रवादी थिए भन्ने प्रश्नमा विमर्श गरियो भने बीपी, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीबाहेक अन्य कुनै पनि मूल नेतामा प्रजातान्त्रिक व्यवहार भेटिन मुस्किल पर्छ । समकालीन नेताहरूमा माधवकुमार नेपाल अपवाद हुन सक्छन् । प्रजातन्त्रवादी पार्टीका मूख्य नेता गिरिजाप्रसाद कोइराला व्यवहारमा सबैभन्दा निरङ्कुश र अप्रजातान्त्रिक थिए । शेरबहादुर देउवा पनि तिनकै नक्कल गर्न खोज्दैछन् । यस्तो पृष्ठभूमिमा केपी शर्मा ओलीको कार्य व्यवहार मात्र निरङ्कुश र कठोर रहेको निष्कर्षमा पुग्न सकिँँदैन ।

प्रधानमन्त्रीका रूपमा गर्नुपर्ने र हुनुपर्ने काम केपीबाट नभएको भए पनि, भ्रष्टाचार नियन्त्रणमा असफल रहे पनि र, निरङ्कुश व्यवहारमा प्रकट भए पनि केपी ओली वैचारिक या सैद्धान्तिक रूपले नै तानाशाही या निरङ्कुश राज्य प्रणालीका पक्षमा भएको निचोडमा पुग्न सकिने आधारहरू छैनन् । केपी व्यक्तिगत व्यवहारमा सङ्कीर्ण, सङ्कुचित, द्वेषी, कठोर, गफी र निरङ्कुश नै छन् भने पनि उनले एकदलीय अधिनायकवादको वकालत अहिलेसम्म गरेका छैनन्, न एकदलीय अधिनायकवादीहरूको हितैषी नै बनेका छन् । २०६३ मा राष्ट्रविरुद्धको परिवर्तन भइसकेपछि निरिह बनेको राष्ट्रिय सेनाको पक्षमा कसले बोल्ने गरेको थियो ? पाँच हजारभन्दा बढी आफ्ना सहकर्मीहरूको हत्या गर्ने व्यक्तिहरूसँग आफ्नै नेताले आलिङ्गन गरेपछि स्तब्ध र आहत बनेका काङ्ग्रेस कार्यकर्ता र अन्य गैह्रकम्युनिष्ट कित्ताका मानिसलाई बोलेरै भए पनि राहत दिने काम कसले गरेका थिए ? देशलाई तेह्र भन्दा बढी जातीय राज्यमा विभाजित गर्न खोज्दा प्रचण्डहरूलाई खबरदारी गर्न को अगाडि आएका थिए र कसका कारणले देश जातीय आधारमा विभाजित हुनबाट रोकिएको थियो भन्ने जस्ता प्रश्नमा उभिएर जवाफ खोजियो भने एउटा निष्कर्षमा पुग्न सकिन्छ– केपी ओली हिजो पनि माओवादीविरुद्ध थिए र अहिले पनि छन् ।

नेकपा एमाले र माओवादीको एकीकरण हुँदा हामीमध्येका धेरैलाई केपीको पूर्व अडानप्रति आशङ्का उत्पन्न भएको थियो । अहिले प्रचण्डहरूलाई आफ्नो हाँडीमा हालेर ऱ्याइँ–ऱ्याइँ भुटेपछि माओवादी सिध्याउने केपीको काइदाबारे आममानिस पनि स्पष्ट हुन थालेका छन् ।

नेकपा एमाले र माओवादीको एकीकरण हुँदा हामीमध्येका धेरैलाई केपीको पूर्व अडानप्रति आशङ्का उत्पन्न भएको थियो । अहिले प्रचण्डहरूलाई आफ्नो हाँडीमा हालेर ऱ्याइँ–ऱ्याइँ भुटेपछि माओवादी सिध्याउने केपीको काइदाबारे आममानिस पनि स्पष्ट हुन थालेका छन् । प्रचण्डहरूको वास्तविक हैसियत सबैले बुझिसकेका भए पनि प्रचण्ड स्वयम्चाहिँ अझै भ्रममा रहेको प्रतीत हुन्छ । अर्काबाट सास भरिएर हावामा उड्ने बेलुनले बरु फुटेपछि आफ्नो औकात र हैसियत बुझ्न सक्ला, तर प्रचण्ड आफ्नाबारे अझै भ्रममा देखिन्छन् ।

वि.सं. २०७२ (असोज ३ गते) मा संविधान जारी गरिनुभन्दा केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष प्रतिनिधिको हैसियतमा नेपाल आएका एस जयशङ्कर (तत्कालिक विदेश सचिव र हाल भारतका विदेशमन्त्री) ले बन्द बैठकमा प्रचण्डहरूको वास्तविक औकातको कुरा कोट्याइदिँदा प्रचण्ड क्रुद्ध भएर अचानक ‘राष्ट्रवादी भूमिकामा’ देखापर्न बाध्य भएका थिए । पश्चिमा मुलुक र भारतको पुरानो सत्ताको आडमा संविधान जारी गर्नुलाई आफ्नो बहादुरी ठान्ने प्रचण्डको वास्तविक हैसियत र औकात केपीले देखाइदिएका छन्, अब आफ्नो बारेमा भ्रमित रहनुपर्ने अवस्था नरहेकोले प्रचण्ड अब भ्रममुक्त हुनु उपयुक्त हुने ठानिएको छ ।

भ्रममा रहँदा युद्धमा विजयी बनिसकेपछि पाँच पाण्डवहरू झण्डै आपसमा भीडन्त गर्ने स्थितिमा पुगेका थिए । महाभारतको युद्ध समापनपश्चात पाण्डव दाजुभाइमध्ये शक्तिशाली भीम र अर्जुनबीच कसको वीरताका कारण युद्धमा विजय प्राप्त भएको थियो भन्ने विषयलाई लिएर विवाद उत्पन्न भयो । भीमसेनले आफ्नो बलका कारण युद्धमा विजय प्राप्त गरेको दाबी गर्न थाले भने अर्जुनले पनि विजयको कारण आफ्नै वीरता भएको अडान लिए । अन्य भाइहरू पनि कोही भीमसेनलाई त कोही अर्जुनलाई जस (यश) दिनुपर्ने स्थितिमा पुगेपछि भगवान कृष्णले तथ्य स्पष्ट पारिदिने चेष्टा गरे । महाभारतको युद्धमा जो कमजोर हुन्छ उसैलाई साथ दिन युद्धभूमिमा पुगेका राजा बार्बरिकलाई कृष्णले आफ्नो शब्दजालमा पारेर युद्ध पूरा नहुँदै उनको टाउको हात पारेका थिए । नेपालका पहिलो किराँत राजा यलम्बर भनिने राजा बार्बरिक कृष्णको आकाङ्क्षाअनुरूप मृत्युवरण गर्न बाध्य भएपछि उनले आफूलाई महाभारतको युद्ध अन्त्यसम्म हेर्ने इच्छा भएको जानकारी कृष्णलाई गराए । भगवान कृष्णले बार्बरिकको जीवित टाउको युद्ध मैदान देखिने एउटा अग्लो स्थानको रुखमा लगेर टाँसिदिए । भीम र अर्जुनसहित पाण्डवहरूलाई लिएर कृष्ण तिनै राजा बार्बरिकसमक्ष पुगे र तथ्य बताइदिन अनुरोध गरे । कृष्णको जिज्ञाशामा राजा बार्बरिकले भनेका थिए– ‘यो युद्धमा कृष्णले सुदर्शन चक्र चलाएर योद्धाका टाउको खसालेको र द्रौपदीले भाँडो थापेर रगत पिएको मैले देखेँ । अरुहरूले यसो लडाईं खेलेजस्तो गरेका थिए, मूख्य योद्धा त कृष्ण मात्र देखिए ।’

२०६३ मा राष्ट्रविरुद्धको परिवर्तन भइसकेपछि निरिह बनेको राष्ट्रिय सेनाको पक्षमा कसले बोल्ने गरेको थियो ? पाँच हजारभन्दा बढी आफ्ना सहकर्मीहरूको हत्या गर्ने व्यक्तिहरूसँग आफ्नै नेताले आलिङ्गन गरेपछि स्तब्ध र आहत बनेका काङ्ग्रेस कार्यकर्ता र अन्य गैह्रकम्युनिष्ट कित्ताका मानिसलाई बोलेरै भए पनि राहत दिने काम कसले गरका थिए ? देशलाई तेह्र भन्दा बढी जातीय राज्यमा विभाजित गर्न खोज्दा प्रचण्डहरूलाई खबरदारी गर्न को अगाडि आएका थिए र कसका कारणले देश जातीय आधारमा विभाजित हुनबाट रोकिएको थियो भन्ने जस्ता प्रश्नमा उभिएर जवाफ खोजियो भने एउटा निष्कर्षमा पुग्न सकिन्छ– केपी ओली हिजो पनि माओवादीविरुद्ध थिए र अहिले पनि छन् ।

यति जानकारी गराएपछि पूर्व निर्धारण गरेबमोजिम बार्बरिकको टाउकोले पनि सधैंको लागि विश्राम लियो, अर्जुन र भीमले पनि आफ्नो औकात तथा हैसियतको वास्तविकता बुझे । तर, प्रचण्डहरूलाई आफ्नो औकातबारे अवगत हुन निकै मुस्किल पर्दैछ । सेनापति र पशुपतिको पूजारी प्रकरणमै प्रचण्डले आफू अदृश्य शक्तिको लाचार छाया मात्र भएको आत्मस्वीकार गर्दै आफ्नो वास्तविक हैसियत बुझिदिएको भए देशले सम्भवतः थप सास्ती ब्यहोर्नु पर्ने थिएन र, प्रचण्डलाई उनको औकात दर्शाउन केपीले यति धेरै मेहनत गर्नुपर्ने पनि नहुन सक्थ्यो ।

प्रधानमन्त्रीका रूपमा केपीलाई इतिहासले स्मरण गर्नुपर्ने काम अहिलेसम्म भएको छैन भन्दा केपीलाई दुख्न सक्छ, दुःखे पनि सत्य यही हो । राष्ट्रियताका नाममा भारतसँगको सम्बन्धमा तनाव बढाउने कामको परिणाम आउन बाँकी भएकोले केपीलाई यसनिम्ति पनि सम्झिनुपर्ने हुन्छ कि हुँदैन यकीन गर्न सकिँदैन । तर प्रजातन्त्रविरुद्ध हिंसात्मक सङ्घर्ष गरेर देशको एकता, धर्म, संस्कृति, अनुशासन र सामाजिक सद्भाव खलबल्याउँदै राष्ट्रलाई अपुरणीय क्षति पुऱ्याउने प्रचण्डहरूलाई तह लगाउने र तिनलाई आफ्नो औकात देखाइदिने कार्यका निम्ति केपी इतिहास स्मरणीय बनेका छन् । राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गर्ने–गराउने कार्यका मूख्य अगुवा प्रचण्डलाई भ्रष्टाचारलगायतका विषयमा कानूनी कारबाहीको दायरामा ल्याउन नसके पनि केपीले प्रचण्डको वास्तविक हैसियत स्पष्ट गरिदिएका छन् । बिरालोले मुसा खेलाएको भन्दा रोमाञ्चकारी शैलीमा प्रचण्डहरूको तेजोवध गरेर केपीले प्रजातान्त्रिक मूल्य–मान्यता र आफ्नो सरकारको बचाउ गर्न त सफलता पाएका छन्, अब जनतालाई ‘बचाउने’ क्षमता पनि दर्शाउन सके भने केपी ओली इतिहास स्मरणीय बन्नेमा शङ्का गर्नु नपर्ला । तर, प्रचण्डमा रहेको बाँकी भ्रमबाट उनलाई मुक्त गराउन बार्बरिकले मात्र सक्नेछन्, जो काटिएका टाउको बोकेर छटपटिएका छन् ।