कपिलवस्तुमा थप ११ जनामा कोरोना पुष्टि

कपिलवस्तुमा थप ११ जनामा कोरोना पुष्टि


विशेष प्रतिनिधि, कपिलवस्तु

कपिलवस्तुमा थप ११ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारीअनुसार आज (२७ साउन) थप ११ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित सबै समुदाय स्तरका रहेका छन् ।

गत साउन २१ कपिलवस्तु नगरपालिकाका तौलिहवा बजार क्षेत्र, बालमन्दिरदेखि संकलन गरिएको नमुना रिपोर्टमध्ये रिपोर्ट आउन बाँकी ९८ जनाको रिपोर्ट आएको हो । जसमा ११ जनाको पोजेटिभ आएको छ भने अन्यको नतिजा नेगेटिभ आएको छ । गत साउन २१ गते २२६ नमुना संकलन गरिएको थियो ।

यसअघि ११७ को रिपोर्ट आएकोमा ११ जनाको पोजेटिभ आएको थियो । आज थपिएको सबै जना समुदाय स्तरका संक्रमित हुन् । कपिलवस्तुमा समुदाय स्तरमा कोरोना देखिन थालेपछि आजबाट जिल्लालाई पूर्ण रुपमा लकडाउन गरिएको छ ।