एलजी नेपालको आधिकारिक वेवसाइट लन्च

एलजी नेपालको आधिकारिक वेवसाइट लन्च


सिजी इलेक्ट्रोनिक्सले एलजी नेपालको आधिकारिक वेवसाइट www.lgnepal.com लन्च गरेको छ । यो वेबसाइटमार्फत उपभोक्ताले एलजीको घरायसी उत्पादनहरूको बारेमा जानकारीका साथै तुलना पनि गर्न सक्ने कम्पनीले जनाएको छ ।

वेबसाइटमा उपभोक्ताहरूले मुल्य, विशेषता, वारेण्टी र कम्पनीले दिने छुटको बारेमा जानकारी पाउन सक्ने छन् । एलजीको कुनै पनि नयाँ उत्पादन आएको र सो को विशेषता यस वेबसाइटबाट प्राप्त गर्न सकिने छ । एलजीका उत्पादनहरूमा आएको समस्या मर्मत तथा वारेन्टी दाबीका साथै अन्य सेवाहरू यस वेबसाइटबाट दर्ता र प्राप्त गर्न सकिने कम्पनीको भनाई छ ।

अब ग्राहकहरूलाई उत्पादन हेर्न तथा उत्पादनको विशेषता बुझ्न भौतिक रूपमा पसलमै पुग्न आवश्यक नपर्ने र विनाकष्ट सजिलै सम्पूर्ण जानकारीका साथै आफूलाई चाहिने एलजीका उत्पादनहरू बुक पनि गर्न सकिने जनाइएको छ ।

यस वेबसाइटले एलजीका सबै उत्पादनहरू जस्तै एलइडी टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, एसी, एयर प्युरिफायर, भ्याकुम क्लिनर, माइक्रोवेभ वोभन, कन्डेन्सर ड्रायरहरूको बारेमा सम्पूर्ण जानकारी प्रदर्शन गर्दछ ।

उपभोक्ताले आफ्नो नजिकैको एलजीको शोरुम पनि यस वेबसाइटमा रहेको स्टोर लोकेटरमार्फत सजिलै पत्ता लगाउन र सम्पर्क गर्न सक्नेछन् । अन्य पनि धेरै विशेषताको साथ उपभोक्ताको जीवनशैली सरल बनाउने लक्ष्यका साथ एलजीनेपालडटकम वेबसाइट कम्पनीले ल्याएको र यसले एलजीका ग्राहक वर्गलाई अझ धेरै सुविधा प्राप्त हुने कम्पनीले विश्वास लिएको बताइएको छ ।