रुपन्देहीमा कार दुर्घटना, तीन जनाको मृत्यु

रुपन्देहीमा कार दुर्घटना, तीन जनाको मृत्यु


विशेष प्रतिनिधि, बुटवल

परासीबाट भैरहवातर्फ जाँदै गरेको एक कार अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको छ ।

शनिबार (२४ साउन) बिहान रुपन्देहीको रोहिणी गाउँपालिका वडानम्बर ४ छिपागडस्थित हुलाकी सडक खण्डमा लु. २ च ६७५६ नम्बरको कार अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यलयले जनाएको छ ।

सडकबाट १० मिटर तल पल्टिँदा कारमा सवार चार जना घाइतेहरुलाई उपचारका लागि भीम अस्पताल भैरहवा पठाएको र उपचारको क्रममा तीन जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेहरुमध्ये एक जनाको मात्र पहिचान खुलेको छ ।

दुर्घटनामा मृत्यु भएका रुपन्देही ओमसतिया गाउँपालिका वडानम्बर ४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरीको पहिचान खुलेको हो । अन्य दुई जनाको परिचय खुल्न बाँकी छ भने घाइते रुपन्देहीको सिद्धार्थ नगरपालिका वडानम्बर ४ का ३० वर्षीय अनिल यादव रहेको खुलेको छ ।