सहमतिविना प्रधानमन्त्रीको राजीनामा नआउने नेता रायमाझीको प्रष्टोक्ति

सहमतिविना प्रधानमन्त्रीको राजीनामा नआउने नेता रायमाझीको प्रष्टोक्ति


सत्तारुढ नेकपाभित्र चलेको खिचातानी जारी रहेको बेला सो पार्टीका नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने धारणा रााखेका छन् ।

प्रेस सङ्गठन नेपालले आज अर्घाखाँचीकाो सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा नेता रायमााझीले आलोपालो प्रधानमन्त्री बन्ने पार्टी एकताताकाको सहमति भए पनि सचिवालय बैठकमा सहअध्यक्ष दाहालले पाँच वर्ष अध्यक्ष ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने भनी गरेको प्रस्ताव सर्वसहमतिले पारित भएकाले सोहीअनुसार अगाडि बढ्नुपर्ने जिकिर गरे ।

पार्टी स्थायी कमिटी सदस्य रायमाझीले काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै सीमा विवाद र कोरोना महामारी नियन्त्रण गर्नुपर्नेमा नेताहरु पदीय भुमरीमा फसेकामा दुःख व्यक्त गर्दै पार्टीको अन्तरविरोधभन्दा कोरोना नियन्त्रणमा सरकारको ध्यान जान जरुरी रहेकामा जोड दिए ।

पूर्वउपप्रधानमन्त्री समेत रायमाझीले पार्टी फुट्दा कस्तो हालत हुन्छ भन्ने हेर्न सिपी मैनाली, मोहन वैद्य र बाबुराम भट्टराईलाई हेरे मात्र पुग्ने तर्क गरे । उनले भने, ‘व्यक्ति नभई पार्टी र सङ्गठन ठूलो र शक्तिशाली हुनुपर्छ ।’