नेपालमा कोरोना संक्रमितको कुल संख्या २२,२१४

लकडाउन खुला गरेपछि नेपालमा कोरोना संक्रमणको दर निकै बढिरहेको छ । यस क्रममा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यससँगै नेपालभरमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको जानकारी दिए ।

प्रवक्ताा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ सय २५ जना डिस्चार्ज भएका छन् । यस्तै, २४ घण्टामा ७ हजार ९ सय २६ जनाको पीसीआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



यसबीच पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । शुक्रबार (२३ साउन) बिहान उपचाररत सर्लाहीका ४५ वर्षीया पुरुष र रुपन्देही बेलहियाकी ४१ वर्षीया महिलाको मृत्यु भएको हो ।

प्रतिक्रिया