लघुकथा समाजद्वारा सम्मान तथा पुरस्कारको घोषणा

लघुकथा समाजद्वारा सम्मान तथा पुरस्कारको घोषणा


लघुकथा समाज नेपालले २०७७ सालको ‘पद्मा–रामचन्द्र लघुकथा सम्मान’ तथा ‘धनमान लघुकथा पुरस्कार’को घोषणा गरेको छ ।

बुधबार साँझ (२१ साउन) बसेको समाजको अनलाइन बैठकले ‘पद्मा–रामचन्द्र लघुकथा सम्मान २०७७ ’बाट साहित्यकार विजय सागरलाई सम्मानित गर्ने निर्णय गरेको छ ।

त्यसैगरी ‘धनमान लघुकथा पुरस्कार २०७७’ साहित्यकार दिव्य गिरीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

मोफसलमा रहेर पनि साहित्यकार विजय सागरले विगत पाँच दशकदेखि साहित्यको सेवा गर्दै आएका छन् । दिव्य गिरी पनि विगत लामो समयदेखि साहित्यका विविध विधामा कलम चलाउँदै आएका छन् ।

लघुकथा समाजले उक्त सम्मान तथा पुरस्कार आउँदो भदौ ५ गते १२औं लघुकथा दिवसका दिन प्रदान गर्ने समेत जानकारी गराएको छ । समाजले हरेक वर्ष भदौ ५ गतेलाई लघुकथा दिवसका रुपमा मनाउँदै आएको छ ।