जम्मू-कश्मीरमा तरकारी खेती प्रवर्द्धनका लागि नयाँ प्रणाली

जम्मू-कश्मीरमा तरकारी खेती प्रवर्द्धनका लागि नयाँ प्रणाली


■ विशेष प्रतिनिधि, जम्मू–कश्मीर (भारत)

जम्मू–कश्मीर सरकारले श्रीनगरमा तरकारी खेतीलाई बढावा दिन नयाँ हाइटेक पोलि–हाउसहरू निर्माण गरेको छ । २० लाख रूपैयाँको लागतमा यी हाइटेक पोलि–हाउसहरू केन्द्र सरकारको प्रायोजनमा राष्ट्र कृषि विकाश योजजनाअन्तर्गत स्थापित गरिएको हो, जहाँ ‘फोगर’ प्रणाली, तापमान नियन्त्रणलगायतका नयाँ सुविधाहरू रहेको बँगैचा खेती योजनाको कृषि सहयोगी जहुर अहमद बताउँछन् ।

अहमदका अनुसार अघिल्ला पोलि हाउसहरूले केवल १२ देखि १४ वर्गफिट क्षेत्रफल कभर गर्थे भने नयाँ प्रणालीले दुई हजार वर्गफित भन्दा धेरै कभर गर्दछ । उनी भन्छन्– ‘यस प्रणालीले हामीलाई राम्रो गुणस्तर भएका धेरै र उच्च उत्पादन प्रदान गर्दछ । हामीले तरकारी उब्जाउन प्राकृतिक प्रक्रियामा भर पर्नुपर्दैन । नयाँ उपकरणका साथ हामी रात–दिन अनि अफ सिजनको अवधिमा पनि तरकारी उत्पादन गर्न सक्छौँ ।’

नयाँ प्रविधिको यो सुविधा अवलम्बन गरेका किसान गुलाउद्दीन भन्छन्– ‘यो नयाँ प्रणाली जम्मु–कश्मीरका जनताका लागि धेरै फाइदाजनक छ । कश्मीर उपत्यकामा धेरै मानिसहरू आफ्नो जीविकोपार्जनका लागि तरकारी खेतीमा निर्भर छन् । अघिल्ला पोलि–हाउसहरू धेरै पुरानो र धेरै फोहोर उत्पादन गर्दथे । खेतिपाती र बाली लगाउन आठ महिना लाग्ने तरकारीलाई अब दुई महिना मात्र लाग्छ ।’