यिनले छोडे प्रचण्डलाई !

यिनले छोडे प्रचण्डलाई !


‘भूइँको टिप्न खोज्दा खल्तिको पनि खसेको’ उक्ति नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको सवालमा हुबहु लागु भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पार्टीका सबै तह र संसदीय दलमा समेत बहुमत जुटाएर ओलीलाई पदमुक्त गराउने योजनामा रहनुभएका प्रचण्डले आफ्नै साथीहरूको समेत साथ गुमाउनुभएको छ ।

पार्टी स्थायी समितिको बैठक नटुङ्गिँदै माओवादी कित्ताका केही प्रभावकारी नेताहरू केपीको समर्थनमा उभिन पुगेका छन् । प्रचण्डलाई छोडेर केपीलाई साथ दिने नेताहरूमा रामबहादुर थापा बादल, लेखराज भट्ट, चन्द्रकान्त खनाल ‘बलदेव’, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, देवेन्द्र पौडेल र मणि थापालगायत हुनुहुन्छ ।

यसरी पूर्वमाओवादी नेताहरूको समेत केपीलाई समर्थन मिलेपछि स्थायी समितिमा नै कपीको बहुमत पुग्ने विश्वास बढेको छ । यसरी प्रचण्डको राजनीति यसपालि कन्तबिजोग हुन पुगेको छ ।