कोभिड-१९ को उद्गमस्थल पहिचान अध्ययनका लागि आधार तयार : डब्लुएचओ

कोभिड-१९ को उद्गमस्थल पहिचान अध्ययनका लागि आधार तयार : डब्लुएचओ


विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को विज्ञहरूको टोलीले कोभिड–१९ अद्गमस्थल पहिचान अध्ययनको लक्ष्य पूरा गरेको डब्ल्यूएचओका प्रमुखले जानकारी दिएका छन् ।

‘हामीले अध्ययन गर्न निरन्तरता दिइरहेका विषयमध्ये एउटा कोभिड–१९को कारक मानिने भाइरसको उद्गमस्थल पनि हो,’ डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रियससले जेनेभाबाट भर्चुअल प्रेस सम्मेलनमा सोमबार (३ अगस्ट) बताए ।

उनले भने– ‘अध्ययनका लागि चीन पठाइएको सङ्गठनको विशेषज्ञहरूको टोलीले आधारभूत कामहरू सकिसकेको छ ।’

यी प्रयासहरूको परिणामका रूपमा डब्ल्यूएचओको नेतृत्वमा चिनियाँ विज्ञहरूले डब्ल्यूएचओको अन्तर्राष्ट्रिय टोलीको अध्ययन र कामका लागि आवश्यक सन्दर्भ सर्तहरूको मस्यौदा तयार गरेका छन् ।

‘अन्तर्राष्ट्रिय टोलीमा चीन र विश्वभरका अग्रणी वैज्ञानिक र अनुसन्धानकर्ताहरू सामेल हुनेछन्’– डब्ल्यूएचओ प्रमुखले बताए ।

उनले छिट्टै केहि सङ्क्रमणको सम्भावित श्रोत पहिचान गर्न चीनको वुहानमा महामारी–विज्ञानसम्बन्धी अध्ययन सुरु हुने र यस कामबाट उत्पन्न प्रमाण तथा परिकल्पनाले दीर्घकालीन अध्ययनको लागि आधार तयार पार्ने जानकारी पनि दिए ।

ज्ञातव्य छ, दुई डब्ल्यूएचओ विशेषज्ञहरू मिलेर एक टोलीलाई तीन हप्ता पहिले चीन पठाइएको थियो ।