डुबेको अवस्थामा वृद्धाको शव फेला

डुबेको अवस्थामा वृद्धाको शव फेला


आरके श्रीवास्तव, रौतहट

रौतहट जिल्लाको फतुआ विजयपुर नगरपालिकामा डुबेको अवस्थामा एउटा शव बरामद भएको छ ।

सोमबार बिहान ७ बजेको समयमा फतुआविजयपुर नगरपालिका वार्ड नम्बर ५ सन्तपुर मठको बाटो छेउको पोखरीमा शव फेला परेको हो । फतुआ विजयपुर नपा वार्ड नम्बर २ बस्ने सर्जु अघोरीको श्रीमती वर्ष ७० की अनियादेवी अघोरीको शव फेला परेको हो ।

स्थानीयवासीले पोखरीमा शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए । लगत्तै इलाका प्रहरी कार्यालय लक्ष्मनियाबाट प्रहरी निरीक्षक चन्द्रकिशोर साहको कमाण्डमा खटिएको टोलीले शव बरामद गरेको थियो । शवको पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको इप्रका फतुआ विजयपुरका इन्सपेकटर चन्द्रकिशोर साहले जानकारी दिए ।