उदयपुर जिल्ला अदालत परिसरमा ग्लोबल आइएमई बैंकको एटिएम सेवा

उदयपुर जिल्ला अदालत परिसरमा ग्लोबल आइएमई बैंकको एटिएम सेवा


ग्लोबल आइएमई बैंकले उदयपुर जिल्ला अदालत परिसरमा एटिएम सेवा सुरु गरेको छ ।

उदयपुर जिल्ला अदालतका न्यायाधीशद्वय दीपक खनाल र मनोज के.सी.ले संयुक्त रूपमा उक्त एटिएम सेवा उद्घाटन गर्नुभएको हो । बोक्सेस्थित सरकारी कार्यालयका कर्मचारीहरूका साथै अन्य सर्वसाधारण ग्राहकलाई लक्षित गरी उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

यस नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २३६ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले हाल देशैभरि ७० वटा जिल्लामा २५७ वटा शाखा, ३९ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २३६ वटा एटिएम, २०१ वटा शाखारहित बैंकिङ सेवा र विदेशस्थित तीन सम्पर्क/प्रतिनिधि कार्यालयमार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको बताइएको छ ।

कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा पनि ग्राहकलाई निरन्तर बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता पनि सो बैंकले जनाएको छ ।