जेष्ठ राजनीतिज्ञ सभा : इतिहासप्रतिको सम्मान

जेष्ठ राजनीतिज्ञ सभा : इतिहासप्रतिको सम्मान



■ अनाथ अंकल

नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन नजिकिएसँगै एकलौटी किसिमका मनोनयन रोकिनुपर्ने रामचन्द्र पौडेलपक्षीय विरोधका बाबजुद पार्टी सभापति शेरबहादुर देउवाले महत्वपूर्ण मनोनयन जारी राखेका छन् । पार्टीभित्र विभिन्न विषयमा तमाम किसिमका मतभेदहरू चुलिएका टीकाटिप्पणी मिडियामा छरपष्ट छन् । तिनै विवादहरूका बीच गत बुधबार (१४ साउन) पार्टी सभापतिको अध्यक्षतामा ४७९ सदस्यीय ज्येष्ठ राजनीतिज्ञ सभा गठन भएको छ । यो निर्णय पार्टीभित्र विवादमुक्त नभए पनि अधिकतम नागरिकलगायत तमाम राजनीतिकर्मीले स्वागतयोग्य भनेर प्रशंसा गरेका छन् ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार काङ्ग्रेस नियमावली २०७६ को नियम ५० बमोजिम पार्टीको जेष्ठ राजनीतिज्ञ सभा गठन गरिएको हो । यो कसैको पक्षमा महाधिवेशनको पल्ला भारी तुल्याउन गरिएको मनोनयन नभएर पार्टीका अग्रज नेताहरूप्रतिको अगाध सम्मानको प्रेरणाले गरिएको हो । पार्टी पनि परिवार जस्तै हो । त्यसैले नयाँ पुस्तालाई आफ्ना अभिभावकहरूको निष्ठा, योगदान र निःस्वार्थ समर्पणप्रति भावनात्मक रूपमा संकल्पित बनाउन जेष्ठ राजनैतिक सभा अनिवार्य थियो । त्यो पार्टीले महसुस गरेर निर्माण गरेको हो । यदि नयाँ पुस्ताले आफ्ना अभिभावकलाई सम्मान गर्न छाड्दै जाने हो भने पार्टी सञ्जाल परिवारजस्तो ममतापूर्ण रहन्न । सम्मान र निष्ठाविहीन अवस्थाले अराजकताको जन्म हुन्छ, त्यही अराजकताले पार्टी सकिन्छ । त्यसैले राम्रो कामको शुरुवात वा निरन्तरतालाई सबैले स्वागत गर्नुपर्छ ।

जेष्ठ राजनैतिक सभा धेरै कारणले महत्वपूर्ण हुन सक्छ । यसले काङ्ग्रेसको पहिलो, दोश्रो र तेश्रो पुस्ताबीच वैचारिक आदानप्रदानमा सहयोग पु¥याउन सक्छ । पार्टीको सभापति नै यसको अध्यक्ष हुने भएकोले यो पार्टी केन्द्रदेखि भुइँ तहसम्म सबैको सम्मानित अग्रज मोर्चा हुने छ । यसले पार्टीको जुनसुकै तहमा प्रशिक्षण दिन सक्ने भएकोले यो सङ्गठनको अति सम्मानित अभिभावक सभा हो ।

अहिले गठन भएको यस सभालाई पार्टी अविभावकहरूको सम्मान गर्ने बीपीले लिएको परम्पराकै निरन्तरता मान्नुपर्ने र यो सभा विवादरहित हुनुपर्ने धेरै कांग्रेसजनको मत रहेको छ ।

हाल गठन भएको सभामा पूर्वमहामन्त्री तथा पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वसभामुख दमननाथ ढुंगाना र पुर्वसभासद, समाजवादी नेता तिलक सापकोटा तथा निष्ठा शिरोमणि गोविन्द शर्मा कँडेल (८३ वर्षीय ) समेत जेष्ठ राजनीतिज्ञ सभामा अटेका छन् । यो सभामा अधिकतम ब्याक्तिहरू बीपीको प्रशिक्षणबाट दीक्षित हुन् । त्यसैले यो सभाबारे बोल्दा लेख्दा हिजो बीपीबाहेक अन्य नेतृत्वकालमा जेष्ठ नेतृत्वप्रति गरिएका तमाम विभेद र उपेक्षाको सृङ्खलालाई समेत बिर्सनु हुँदैन भन्ने मत काङ्ग्रेसमा प्रवल छ । बरु अब ती उपेक्षित अविभावकहरूसँग भएको बहुमुल्य दर्शन, लिनुपर्ने विचार र समाजवादको मोडेलबारे नयाँ पुस्ताबीच बहस चलाउनु आवश्यक छ । ती सम्पति पार्टीका सामुहिक खजाना हुन् । त्यसको संस्लेषण अबको आवश्यकता हो । अबको समाजवाद, प्रजातन्त्रको मोडेलबारे उहाँहरूसँग बहस चलाउनु जायज हुन्छ । त्यसैले नेपाली काङ्ग्रेसका अविभावकहरूको मोर्चा आवश्यक थियो भन्ने धेरै अग्रज काङ्ग्रेसहरू सभापति देउवाको जेष्ठ राजनैतिक सभाबाट धेरै आशावादी भएका हुन् ।

यो सभाले अग्रजहरूलाई आफ्ना पुराना गौरवपूर्ण सङ्घर्षका दिनहरूको याद दिलाएको छ भन्दै काङ्ग्रेसका एक नेताले भनेका छन्, ‘याद राख्नुहोस्, बुढा मान्छेहरू पनि एक पटक जवान थिए । तिमीहरूले भन्दा कठिन सङ्घर्ष गरेका थिए । सङ्घर्षका विभिन्न चरणमा नेतृत्व गरेका यी अग्रजहरू पार्टीको नाममा ज्यान अर्पण गर्न हानथाप गर्थे । तिनीहरू अहिले पनि पार्टीकै हितमा धेरै त्यस्तै अनुभव र समर्पण भावनाका साथ जीवनको उत्तराद्र्ध बिताइरहेका छन् ।उनिहरूको बारेमा सम्मानपूर्ण बाहेक अन्यथा बोल्ने हामीलाई छुट छैन । निष्ठाका प्रतिमूर्ति अविभावक पार्टीका अमुल्य निधि मात्र नभएर प्रजातान्त्रिक संघर्षको गौरवपुर्ण इतिहास हुन्, उनीहरू शत्रुसँग जीवनभर झुकेनन् बरु निरंकुशतालाई झुकाए ।’

उनीहरूले यसरी सुझाव दिएका छन् कि सभामा कोही अग्रज छुटेका छन् भने अभिलेख राखौँ र केन्द्रलाई जानकारी गराउँ । यदि हाम्रो छिमेकमा पार्टीका अग्रज हुनुहुन्छ भने, हामीहरूले तिनीहरूसँग सम्बन्ध बनाउने, उनीहरूका प्रेरणादायी जीवनी उनीहरूकै मुखबाट भन्न लागाउने गर्नुपर्छ । उनीहरूका विचार अर्को पुस्तालाई समेत मुल्यवान हुन सक्छन्, त्यसलाई संकलन गर्नु जायज देखिन्छ । त्यसका लागि उनीहरूप्रति हिजोसम्म गरिएको अपमानजनक अवस्थाबाट माथि उठाउन मद्धत गर्नु पर्छ । सामान्यतया, कुनै पार्टीका प्रौढहरूलाई आदर र चासो देखाउनु अर्थपूर्ण सम्बन्ध बनाउनको लागि पहिलो कदम हो भन्ने कुरा हमेसा हेक्का राख्नुपर्छ । हाम्रा अविभावकलाई सम्मान गर्नु भनेको हाम्रो वैचारिक सम्पदा, पार्टी इतिहास र हामीले आफ्नै नेतृत्व विकासका बारेमा बुझ्ने एक उत्तम तरिका हो ।

एक काङ्ग्रेस कार्यकर्ताले संजालमा लेखेका छन्– ‘वृद्ध नेतृत्वको सम्मानित सभाबारे भुइँ तहबाट आवाज उठेको धेरै भयो । त्यसबारे नेतात्रयपछि कसैले खासै ध्यान नदिएकै हो । जसले पार्टीकै काममा उर्जामय जीवन सके उनीहरूको चासो पार्टीले राख्नु जरुरी थियो । उनीहरूलाई संगठित गर्नु पनि त्यत्तिकै जरुरी थियो । ती सबैका विचारहरूको संस्लेषण गर्दा मात्र बीपीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादका तात्कालिक र दीर्घकालिक नीतिगत मान्यता बुझ्न सकिन्थ्यो । महाधिवेशनलाई प्रभाव पार्न नै गरेको भनिए पनि यो सभा गठन पार्टीको एतिहासिक कदम हो ।

यसर्थ कि पार्टीका अग्रजहरूलाई परिवारको मात्र सहयोगले खुशी राख्न सक्दैन । उनीहरूलाई परिवारको रेखदेखबाहेक पार्टी कार्यकर्ताहरूको सम्मान, सहानुभूति र पार्टीबारेका सूचनाले थप बाँच्ने हौसला प्रदान गर्छ । उनीहरूलाई थप क्रियाशील बनाउने माध्यम भनेको आधुनिक प्रवृत्तिबारे बिस्तारै जानकारी गराउनु पनि हो । जसले उनीहरूलाई ब्यस्त बनाइराख्छ र राजनैतिक सुचनाहरू प्राप्त गर्न मद्धत पु¥याउँछ । त्यसैले हाम्रा प्रौढ नेताहरू प्रायः दैनिक कार्यहरूको साथ प्राविधिक पहुँचको लागि हाम्रो समर्थन खोजिरहेका हुन्छन् । तिनीहरूलाई आफ्नो मेल पढ्न मद्दतको आवश्यक पर्दछ । त्यस्तै स्वास्थ्य चिन्ताको कारण उनीहरूलाई लगभग स्थिर हेरचाहको आवश्यक पर्दछ । त्यसको लागि पार्टीले नियमित हेरचाहबारे चासो लिनु पर्दछ । त्यस्ता चासोहरूले उनीहरूको उर्जाशील सङ्घर्षको खजाना पार्टीलाई हस्तान्तरण गर्नको लागि प्रेरित गरिरहन्छ ।

वृद्धहरू आफूप्रति पार्टीको सामान्य चासोले मात्र पनि प्रेरित हुन्छन् । अहिलेको जेष्ठ राजनीतिज्ञ सभाको घोषणाले पनि उनीहरू हर्षित छन् । बालक र वृद्धहरूमा साना सम्बोधनले पनि प्रेरणादायी प्रभाव पार्छ । वृद्ध व्यक्तिलाई के चाहिन्छ वा के चाहिँदैन भनेर अनुमान लगाउन मुस्किल पर्छ । त्यसैले कुनै पनि प्रकारको सहयोग प्रदान गर्नुअघि उनीहरूलाई सोध्नु आवश्यक हुन्छ । यदि युवा कार्यकर्ताहरूले वृद्ध पार्टी नेता वा अभिभावकबारे चासो लिएनन् भने उनीहरूले आफूलाई अक्षम करार गर्ने छन् वा नयाँ पुस्ताले प्रौढहरूलाई घृणा गर्दछन् भनेर सोच्ने छन् । त्यसैले यो विषय अत्यन्त संवेदनशील हो ।

यस्ता कार्यको थालनी नागरिक समाजमा मात्र सीमित रहनु हुँदैन । यसलाई सामाजिक संगठन र सबै राजनैतिक पार्टीहरूले पनि अनुशरण गर्नु अत्यन्त मर्यादित कर्म हो । अपेक्षा जे भएपनि नेपाली काङ्ग्रेसले प्रौढ नेताहरूको त्यागलाई सम्मान गरेर राम्रो सन्देश सञ्चार गरेको छ । अत जेष्ठ राजनैतिक सभा गठन गर्ने नेतृत्वलाई शुभ कर्मको लागि धन्यवाद दिँदै ४७९ सदस्यीय जेष्ठ राजनीतिज्ञ सभामा भएका सबै अग्रज राजनीतिज्ञहरूलाई हार्दिक बधाई !

जेष्ठ राजनीतिज्ञ सभामा मनोनित जेष्ठ राजनीतिज्ञहरुको नामावली :