विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख ७७ हजार नाघ्यो

विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख ७७ हजार नाघ्यो


विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ७७ हजार १८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जानकारी दिएको छ ।

डब्लुएचओकाअनुसार शुक्रबार (३१ जुलाई) सम्म विश्वभरीमा एक करोड ७४ लाख ८९ हजार ६२३ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये हालसम्म एक करोड ९ लाख ५१ हजार ९८० व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५८ लाख ६० हजार ६२५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६६ हजार ३४३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४६ लाख ३४ हजार ९८५ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५५ हजार २८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४० लाख ३९ हजार ८७२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ४१ हजार ९०६ जनाको मृत्यु भएको छ । यस्तै, उत्तर अमेरिकामा ५४ लाख ३९ हजार ८०४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख १६ हजार ९८८ जनाको मृत्यु भएको छ ।

युरोपमा २८ लाख ५९ हजार ४९५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ३ हजार ५५ को मृत्यु भएको छ भने एशियामा ४२ लाख १८ हजार ३३९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ९५ हजार ४६८ जनाको मृत्यु भएको छ ।

बताइएअनुसार अफ्रिकामा नौ लाख १२ हजार ७४४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १९ हजार ३६४ जनाको मृत्यु भएको छ । यस्तै, ओसियानामा १८ हजार ६४८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २२२ जनाको मृत्यु भएको छ ।