अनलाइन स्विमिङ लेभल १ कोर्स शनिबारबाट

अनलाइन स्विमिङ लेभल १ कोर्स शनिबारबाट


नेपाल ट्राइयाथलन संघको आयोजना तथा वल्र्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ लेभल १ कोचिङ कोर्स साउन १७ गते शनिबारबाट हुने भएको छ ।

साउन १७ र १८ गते दुई दिनसम्म सञ्चालन हुने अनलाइन कोर्समा पौडीसम्बन्धी प्राविधिक ज्ञान प्रदान गरिने छ । सिङ्गापुरका प्रशिक्षक युगिन लिले अनलाइनमार्फत प्रशिक्षण प्रदान गर्नेछन् । युगिन वर्ल्ड कोचेज एकेडेमीका संस्थापक निर्देशक पनि हुन् ।

पौडी प्रशिक्षकहरुमा बैज्ञानिक प्रशिक्षण र पौडीसम्बन्धी प्राविधिक ज्ञानका कारण पौडी खेलाडीमा प्रभावकारी ज्ञान प्रदान गर्न मद्धत पुऱ्याउने कोर्सको उद्देश्य रहेको छ ।

कोर्सले प्रशिक्षकहरूमा प्रशिक्षणसम्बन्धी उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेलसम्बन्धी बिशेष ज्ञान प्रदान गर्नेछ । प्रशिक्षकहरुले प्राप्त गरेका यस प्रकारको ज्ञानले नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्नुका साथै खेलाडीहरुको स्तर बृद्धि गर्नमा ठूलो सहयोग पुग्ने संघले जनाएको छ ।

वर्लड कोचेज एकेडेमीले चिन, हङ्गकङ्ग, मलेसिया, इन्डोनेसिया, सिंगापुर र भारतमा सफलतापूर्वक कोर्स सञ्चालन गरिसकेको छ ।

ट्राइयाथलन पौडी, साइक्लिङ र दौडको मिश्रित खेल हो । कोर्समा ट्राइयाथलनसँग सम्बन्धित २५ प्रशिक्षकहरुले प्रशिक्षण लिने यसले पौडी र ट्राइयाथलन दुवै खेललाई मद्धत पुग्ने नेपाल ट्राइयाथलन संघका महासचिव युवराज सुनुवारले जानकारी गराएका छन् ।